पोखरा । पोखराको पुम्दीकोट धार्मिक पर्यटनको गन्तब्य बन्दै छ । यतिबेला नेपालकै अग्लो दावी गरिएको शिवको मुर्ति निर्माणको काम भैरहेको छ । ४० करोड लागतमा निर्माणाधीन मुर्तीले धार्मिक पर्यटन प्रबद्र्धन हुने विश्वास लिईएको छ । पुम्दीकोट कोट विकास समितिले मन्दिर निर्माणको काम तीब्र गतिमा गरिरहेको छ । भवन निर्माण र मुर्ति जडानको काम चलिरहेको छ । सुरुमा १ सय ५ फिट अग्लो पूर्ण कदको मुर्ति राख्ने तयारी गरिएपनि नागरिक उड्ययन प्राधिकरणले अंकुश लगाएपछि ५२ फिटको बसेको मुर्ति राख्न लागिएको हो । अहिलेसम्म करिब ४५ प्रतिशत निर्माणको काम सकिएको कोट विकास समितिका अध्यक्ष चन्द्रकान्त बरालले बताए ।
‘चौध करोडको काम सकियो । अहिलेसम्म ४५ प्रतिशत पूरा भैसकेको छ,’ उनले भने, ‘अब मुर्ति राखेपछि ६५ प्रतिशत काम हुन्छ ।’ मुर्ति निर्माणमा पोखरा महानगर समेत विभिन्न ब्यक्ति र संस्थाहरुले सहयोग गरेका छन् । ३ करोड लगानी गर्ने भनिएको महानगरले हालसम्म १ करोड ५० लाख दिईसकेको छ । संघ र प्रदेशले पनि सहयोग गरेको छ । मुर्ति निर्माणका लागि २०७३ सालमा महायज्ञ लगाएर ६ करोडभन्दा बढी नगद र जग्गा प्राप्त गरेको थियो । मुर्ति निर्माणमा बजेट अभाव हुने भएपछि पुनः महागज्ञ लगाउने तयारी भैरहेको बराल बताउँछन् ।
‘अब पैसा जुटाउन समस्या छ । फागुनमा महायज्ञ लगाउने निर्णय गरेका छौं,’ उनले अघि थपे, ‘कोरोनाले काममा गाह्रो बनाएको छ । लगानी पनि थपिन सक्छ । त्यसको तयारी अहिले नै थाल्नुपर्छ ।’ पोखराको पर्यटन प्राकृतिक सुन्दरताले मात्रै धान्दै आएको छ । मानव निर्मित पर्यटकीय गन्तब्यहरु खासै छैनन् । तर यो मुर्ति बनेपछि महत्वपूर्ण गन्तब्य थपिने विश्वास सरोकारवालाहरुले लिएका छन् । पोखरा महानगरले नयाँ गन्तब्यको खोजी गरिरहेको छ । त्यसो त हिजोआज पोखराका डाँडाहरुमा धार्मिक गतिविधि बढ्न थालेको छ । काहुँडाँडामा बुद्ध मण्डला बन्दै छ भने सराङकोटमा पनि बुद्ध र हिन्दु धर्मावलम्बीहरुको लागि लक्षित गरि गुम्बा र मन्दिर बनाउने योजना छ ।
लेकसाईड भन्दा अन्य क्षेत्रमा समेत पर्यटकीय गतिविधि विस्तार गर्नुपर्ने बताउँछन्, पुम्दीका स्थानीय प्रकाश बराल । ‘पुम्दी पनि लेकसाइड हो । तल्लो क्षेत्रलाई मात्रै लेकसाईड भनेर प्रचार र विकास गर्नु अन्याय हुन्छ,’ उनले भने, ‘अब समग्र पोखराको एउटै खाका बनाएर पर्यटनलाई विकेन्द्रित गर्नुपर्छ । सरोकारवालाको चासो पुगोस् ।’ मन्दिर निर्माणमा हालसम्म १४ करोडभन्दा बढी खर्च भैसकेको छ।
५ बर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य अनुसार पहिलो चरणमा मुर्ति सहति गणेशले परिक्रमा गरिरहेको १ सय ८ शिवलिङ्ग, १ सय ८ स्वर्गद्धारी सिँढी, सुमेरु पर्वत लगायत निर्माण हुनेछ । दोस्रो चरणमा गुरु महाराज आश्रम, हरियाली बगैँचा, शान्तिस्तम्भ, ज्येष्ठ नागरिक मिलन केन्द्र, पार्किङस्थललगायत संरचना निर्माण गर्ने योजना छ । मन्दिर निर्माणको काम सुरु भएसँगै त्यहाँ अन्य चहलपहल समेट बढ्न थालेको छ । होटल र रेष्टुरेष्ट खुल्ने क्रम थपिएको छ ।
Related News
सम्बन्धित समाचार
बुढ्यौलीमा भेडीगोठ मोह
पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
त्रासैत्रासमा तंग्रिदै कागबेनी
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
hero news full width
मुख्य समाचार
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१