नेता खनाल कोरोनामुक्त

rss रासस
असाेज ३०, २०७७

काठमाडौँ, ३० असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनाल निको भई आज घर फर्किएका छन् ।

उच्च रक्तचाप बढेपछि धुम्रबाहारीस्थित ह्याम्स अस्पतालमा उपचाररत पूर्व प्रधानमन्त्री खनाल आज घर फर्किएको स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए । खनाललाई उच्च रक्तचापसँगै श्वासप्रश्वासमा समस्या देखिएपछि गत बिहीबार अस्पतालमा भर्ना गरिएको थियो ।