नयाँ दिल्ली, २७ असोज । भारतमा दैनिक कोरोना सङ्क्रमितहरुको संख्यामा कमी आएको छ ।
सरकारी अधिकारीहरुले पछिल्लो समय दैनिक ६० हजारभन्दा कम मात्रै सङ्क्रमित हुने गरेको देखिएको बताएका छन् ।
केही समय अगाडिसम्म दैनिक ९० हजारभन्दा बढी सङ्क्रमित हुने गरेकोमा अहिले घटेर ६० हजारभन्दा तल पुगेको हो ।
भारतमा एकैदिनमा सङ्क्रमित भएकाहरुको संख्यामध्ये सवैभन्दा धेरै गत सेप्टेम्बर १७ का दिन ९७ हजार ८९४ पुगेको थियो ।
अहिले भारतमा कुल सङ्क्रमितको सङ्या ७१ लाख ७५ हजार ८८० भन्दा बढी पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले मङ्लबार जनाएको छ ।
पछिल्लो २४ घण्टामा भारतमा कोरोनाका कारण ५५ हजार ३४२ जना सङ्क्रमित भएका छन् भने ७०६ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाका कारण मृत्यु भएकाहरुको कुल संख्या एक लाख नौ हजार ८५६ पुगेको छ ।
भारतमा अहिले पनि सङ्क्रमित अवस्थामा नै रहेकाहरुको कुल संख्या नौ लाखभन्दा कम भएको निरन्तर पाँच दिन भएको अधिकारीहरुले जनाएका छन् ।
उनीहरुका अनुसार भारतमा अहिले आठ लाख ३८ हजार ७३९ जना सङ्क्रमित अवस्थामा नै रहेका छन् ।
भारतमा कुल सङ्क्रमितमध्ये मृत्यु भएकाहरुको दर १.५३ प्रतिशत मात्रै रहेको मन्त्रालयले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
कोभिडबाट एकको मृत्यु, १०६ संक्रमित थपिए
कोरोना भाइरसबाट आज एक जनाको निधन
गण्डकीका ३ सहित मुलुकभरका १३ जिल्लामा कोरोनाको शून्य संक्रमण
कास्कीमा २ सय बढी संक्रमित
कोरोनाको उद्गमस्थल चीनको वुहानमा फेरि लकडाउन
hero news full width
मुख्य समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१