हेमजा । पत्रकार पुष्प दाहाललाई एकता बचत तथा ऋण सहकारी संस्था, पोखरा–१४ को नवौं वार्षिक साधारणसभा अवसरमा सम्मानित भएका छन् ।
पत्रकारिता क्षेत्रमार्फत सहकारी विकासमा सहयोग गरेवापत फेवा टेलिभिजनका समाचार प्रमुख दाहाललाई शनिबार ५ हजार रुपैयाँ र सम्मानपत्रसहित सम्मान गरिएको हो ।
त्यस्तै संस्थाले वर्षभरि उत्कृष्ट कार्यसम्पादन गरेको आधारमा सहायक व्यवस्थापक अम्बिका कार्की तथा फिलिपिन्सबाट एमडी सकाएर फर्किएकी शेयर सदस्यकी छोरी दीपालक्ष्मी थापालाई पनि नगद सहित सम्मान गरेको छ।
कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले सहकारीमा गरिएको लगानी उत्पादनमूलक क्षेत्रमा केन्द्रीत हुनुपर्ने बताए। मन्त्री गुरुङले राज्य संचालनमा मुख्य तीन आर्थिक खम्बामध्ये सहकारीको महत्वपूर्ण स्थान रहेकोमा जोड समेत दिए।
मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङका राजनीतिक सल्लाहकार गोविन्दबहादुर नेपालीले सहकारीहरुले सहकारीका सिद्धान्त अनुसार काम गर्नुपर्ने औँल्याए । उनले सहकारीहरुले नगद संकलनलाई मात्र मुख्य आधार नबनाई जम्मा भएको लगानी रोजगारीमा परिणत गराउनुपर्नेमा जोड समेत दिए ।
रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले गाउँघरका उत्पादनहरुमा सहकारीले लगानी बढाउन ध्यान दिनुपर्ने बताए । कोभिड १९ संक्रमणका कारण छोटो समयमा संचालन गरिएको कार्यक्रममा संस्थाका अध्यक्ष बालासिंह काउछामगरले अध्यक्ष, कोषाध्यक्ष लगायतका प्रतिवेदन सारांशमा प्रस्तुत गरेका थिए ।
सहकारी अध्यक्ष काउछामगरको अध्यक्षतामा संचालित उक्त कार्यक्रममा उपाध्यक्ष नवराज सुवेदीले स्वागत तथा सचिव सुदर्शन पौडेलले संचालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
मेला हेरे मोबाइल !
ड्याडिज किचनका २२ शाखा बिस्तार, पोखराको चिप्लेढुंगामा पनि उद्घाटन
राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु
गण्डकी प्रदेशका पत्रकारलाई धितोपत्र बजार र वस्तु विनिमय बजारसम्बन्धी तालिम
पाेखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव
hero news full width
मुख्य समाचार
सार्वजनिक लेखा समितिमा बहस: बजेटमा फिक्सिङ भयो
सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’
माघ ११, २०८१जनप्रियको वार्षिकोत्सवमा सम्मान
माघ १०, २०८१खेलकुद पत्रकार मञ्च गण्डकीमा एमबि आस्था निर्वाचित
माघ १०, २०८१पुम्दीकोटमा धार्मिक महोत्सवको तयारी
माघ १०, २०८१बयानपछि लामिछानेलाई परिवारको जिम्मा
माघ १०, २०८१