वालिङ, १९ असोज । यहाँको एक विद्यालय पहिरोले भत्किएपछि पठनपाठनमा समस्या भएको छ । स्याङ्जाको वालिङ १४ हुल्काङमा रहेको जनकल्याण आधारभूत विद्यालयको भवन पहिरोले भत्काउँदा पठन पाठनमा समस्या भएको हो ।
२२ वर्ष पहिले स्थापना भएको उक्त विद्यालयको भवन माथिबाट आएको पहिरोले बगाएर लैजाँदा हाल बालसिकाई (शिशु) देखि पाँच कक्षासम्मका विद्यार्थीको शिक्षण सिकाई क्रियाकलाप प्रभावित भएको विद्यालयका प्रधानाध्यापक तीर्थराज डुम्रेले बताए ।
“गत साउनमा आएको पहिरोले विद्यालयको प्रवेशद्वार शौचालय बगाएको थियो” प्रअ डुम्रेले भने, “भदौ २६ गते अविरल वर्षासँगै आएको पहिरोले विद्यालयको भवन जगै नरहने गरी लगेकाले पठन पाठनका लागि निक्कै समस्या भएको छ” ।
अहिले विद्यालयको नजिकै रहेको मन्दिरमा पठन पाठन भईरहेको प्रअ डुम्रेले बताए । विद्यार्थीलाई मन्दिरमा राखेर पढाए पनि यो दीर्घकालीन र प्रभावकारी उपाय नभएकाले विद्यालय भवन निर्माणका लागि जग्गाको खोजि कार्य भईरहेको प्रअ डुम्रेले बताए ।
“माथिबाट आएको पहिरोले विद्यालय भवन बगाउँदा विद्यालयभन्दा तलको जमिनको जग नै नरहने गरी लगेको छ” प्रअ डुम्रेले भने, “यसको स्थायी समाधानका लागि अन्यत्र जग्गा खोजी कार्य भईरहेको छ” ।
गाउँको मध्यभागमा रहेको उक्त विद्यालयको भवन भत्किएपछि पठन पाठनमा समस्या भएकोले तत्काल विद्यालय भवन निर्माण गरी कक्षा सञ्चालन गर्नुपर्ने अवस्था आएको नगर प्रमुख दिलीपप्रताप खाँणले बताए ।
“पहिरोले विद्यालय भवन बगाएको छ, विद्यालय भवनभन्दा तल लगाईएका पर्खालहरु सबै बगेकाले छाँगो बन्न पुगेको छ” नगर प्रमुख खाँणले भने, “अहिलेकै स्थानमा विद्यालय भवन बनाउन हुने अवस्था म देख्दिन विद्यालयललाई अन्यत्रै स्थानान्तरण गर्नुपर्छ” ।
अहिले विद्यालय भवन भएको स्थानमा नयाँ संरचना बनाउन नहुने भएकाले स्थानीय तथा सरोकारवालाहरुलाई जग्गा उपलब्ध गराईदिन अनुरोध गरिएको नगर प्रमुख खाँणले बताए ।
“स्थानीयहरुलाई छिटोभन्दा छिटो जग्गाको खोजि गरी उपलब्ध गराउन भनेका छौं” नगर प्रमुख खाँणले भने, “जग्गा प्राप्ति भईसकेपछि भवन निर्माण कार्यलाई अगाडि बढाउँछौं र कक्षा सञ्चालन गर्छौं” ।
Related News
सम्बन्धित समाचार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा कामदार नहुँदा निर्माण प्रभावित
प्रदेशले छान्यो २६ ठूला आयोजना, साढे १७ अर्ब लगानी अनुमान
मूल्य वृद्धि चुलियो, सरकार निरीह
मन्त्री लम्साल बोलीमा चुकेपछि विज्ञप्ति निकालेर बचावट – हेर्नुहाेस विज्ञप्ति
मध्यावधि चुनाव लड्न प्रदेशसभाबाट राजीनामा दिने मन्त्री विकास लम्सालको घोषणा
hero news full width
मुख्य समाचार
पाेखराका हाेटेलमा जाेखिमपूर्ण काम गर्ने ६ बालबालिकाको उद्धार
प्रतिनिधिसभा विघटन संविधानसम्मत कि गैरसंवैधानिक ?
माघ १०, २०७७स्वास्थ्य शिक्षाको शुल्क घटाउन निर्देशन
माघ १०, २०७७मलेशियाबाट १८ नेपालीको शव ल्याइयो
माघ १०, २०७७“हराउँदै गएका गीत नृत्यसँगै कला संस्कृति युवा पिँढीलाई हेर्न र सिक्ने अवसर”
माघ १०, २०७७इजलास छैन श्रीमानलाई
माघ १०, २०७७