पोखरा, १८ असाेज । गण्डकी प्रदेश सांसद रामजी बराल ‘जीवन’ ले नदीपुरमा निर्माणाधीन धर्मशीला बुद्धबिहार भवनको निर्माणमा आवश्यक सहयोगको लागि पहल गर्ने बताएका छन्।
शनिबार त्यस क्षेत्रको अवलोकन गर्दै उनले उक्त भवन निर्माण अभियानमा आर्थिक सहयोग उपलब्ध गराउन सम्बन्धित ठाउँहरुमा आवश्यक पहल गर्ने बताएका हुन्। उनले भने, ‘म भौतिक रुपमा जसरी बुद्धबिहार परिसरमा आए, यसबाट निकै प्रभावित भए । सो भवनको कानूनी कुनै प्रक्रिया पूरा गर्न बाँकी भए, त्यसलाई पूरा गर्न तयार छु ।”
निर्वाचन क्षेत्र पूर्वाधार विकास कोषको रकम आगामी वर्ष एक नम्बरमा राखेर उक्त भवन निर्माणमा केही सहयोग गर्ने उनले बताए ।
पोखरा ३ का वडाध्यक्ष रवीन्सन प्रजुले उक्त विहारको भवन निर्माणको लागि वडाबाट सक्दो सहयोग गर्ने वचन दिए । धर्मशीलाका बौद्ध गुरु धनवन्तोले सिंगापुर लगायतमा ४० वर्षपछि धार्मिक तीर्थस्थल, बुद्धबिहार लगायतलाई राज्यले जिम्मा लिने गरेको उदाहरण दिँदै नेपालमा पनि राज्यले जिम्मा लिन नसके पनि केही सहयोग गर्नु पर्ने बताए ।
करिब ६ करोडको लागतमा उक्त भवन निर्माण गर्न सुरु भएको भवन निर्माण समितिका संयोजक भरतराज शाक्यले बताए । उनका अनुसार हालसम्म ३० प्रतिशतजसो निर्माण कार्य सम्पन्न भएको छ । भुँइतला सहित ४ तले भवन निर्माण हुने संयोजक शाक्यले जनाए ।
हालसम्म सरकारी निकायबाट उक्त भवन निर्माणमा खासै सहयोग प्राप्त नभएको बुद्धबिहारका अध्यक्ष अध्यक्ष गोविन्द ताम्राकारले बताए । करिब ३ वर्षअघि जमिन भासिएर पुरानो भवन भत्केसँगै हाल धर्महल, शिक्षादीक्षा दिने कक्ष, ध्यान केन्द्र लगायतको लागि उक्त भवन निर्माण गर्न लागिएको निवर्तमान अध्यक्ष कृष्णमान गुभाजुले जनाए ।
Related News
सम्बन्धित समाचार
गण्डकीको हिउँदे अधिवेशन आह्वान
गण्डकीमा मगर र गुरुङ भाषा : सरकारी कामकाजी बनाउन प्रक्रिया थालनी
पोखरा महोत्सवमा शान्तारानी यसरी ढलिन्
पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा
स्याङ्जाली सम्पर्क सदन पोखराको ३० औं स्थापना दिवस
hero news full width
मुख्य समाचार
गण्डकी प्रदेशका पत्रकारलाई धितोपत्र बजार र वस्तु विनिमय बजारसम्बन्धी तालिम
सुरक्षा माग्दै वडाका जनप्रतिनिधि प्रहरीमा
माघ ९, २०८१पाेखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव
माघ ८, २०८१सूर्यदर्शन सहकारी ठगी : धरौटीमा छुटेकालाई थुनामा पठाउन उच्चमा निवेदन
माघ ८, २०८१पोखराको कर्मचारी विवाद बल्झियो : नगर सभा अवरुद्ध, कार्यालयमा ताला
माघ ८, २०८१विद्यालय शिक्षा ऐन बनाउन गण्डकी प्रदेशबाट सुझाव संकलन
माघ ७, २०८१