त्रिशूलीमा ट्रक खस्यो

रासस
असाेज १७, २०७७
HLG-muglin

भैरहवाबाट काठमाडौँ जादैँ गरेको ना ५ ख ९६२२ नं को ट्रक दुर्घटना हुदाँ चालक सहित ३ जना घाइते भएका छन् । तस्वीरः हीरालाल गुरुङ

मुग्लिन, १७ असोज । त्रिशूली नदीमा ट्रक खस्दा तीन जना घाइते भएका छन् । पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ धारापानी नजिकै भैरहवाबाट काठमाण्डौ जाँदै गरेको ना ५ ख ९६२२ नम्बरको ट्रक आज बिहान ५ बजे ८० फिट तल त्रिशूली नदी किनारमा खसेको हो ।

ट्रकको आधा भाग डुबेको अवस्थामा छ ।

दुर्घटनामा परी घाइेत हुनेमा ट्रक चालक गल्छी–७ धादिङ बस्ने वर्ष २८ का रोहित तामाङ, ट्रकमा सवार सोही ठाउँ बस्ने वर्ष १९ का रामकुमार लालचन र अर्का सोही ठाउका वर्ष २३ का राजन भन्ने अर्जुन रुम्बा रहेको ट्राफिक प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

इलाका प्रहरी कार्यालय मुग्लिन र सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन शिक्षालय कुरिनटारको टोलीले घाइतेको उद्धार गरी उपचारको लागि धादिङको गजुरी अस्पताल पठाएको ट्राफिक प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width