पोखरा । गण्डकी प्रदेश सरकारले प्रदेशको खेलकुद विधेयक–२०७७ पारित गरेको छ ।
प्रदेशको बुधबार बसेको ५७ औं बैठकले विधेयक पारित गरेको हो । बैठक बस्नुअघि विधायन समितिमा छलफल समेत गरेको थियो । बैठकमा विधेयकका दफाहरुमाथि छलफल समेत गरिएको थियो ।
राष्ट्रिय खेलकुद विकास ऐन २०७७ संघ नबाझिने गरि प्रदेश सभावाट सामान्य संसोधन सहित पारित गरेको हो । खेलकुद ऐन २०७७ असार १८ गते कार्यान्वयनमा आएको थियो ।
प्रदेशमा प्रदेशस्तरिय खेलकुद परिषद गठन बन्नेछ । ६ सदस्यीय बोर्ड समिति र २५ सदस्यीय प्रदेश खेलकुद परिषद् गठन हुनेछ । सदनले बुदाँगत छलफल गरी ल्याउन विधायन समितिलाई पठाएको थियो ।
विधायन समितिले बुदाँगत छलफल गरेर सामाजिक विकास मन्त्री पुनले ५७ औं प्रदेशसभा बैठक समक्ष प्रस्तुत गरेकी थिइन् । बैठकमा बुदाँगत छलफलको लागि समय छुट्टाएको थियो । विधेयकमाथि छलफल भएपछि प्रदेश सभाको बहुमतले पास गरिएको घोषणा गरिएको थियो । प्रदेश प्रमुख अमिक शरेचनले विधेयक प्रमाणीकरण गरेपछि कार्यान्वयनमा आउने छ ।