गण्डकीमा थप १८ संक्रमित

आदर्श समाज सम्वाददाता
असाेज १३, २०७७
covid 19 corona banner

पोखरा, ११ असोज । गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले जारी गरेको विज्ञप्तिमा कास्कीका १४ जना नवलपुरका ४ जना रहेका छन् ।

कास्कीका सबै संक्रमित पोखरा महानगरपालिकाका हुन् भने नवलपुरका विनयत्रिवेत्री का हुन् ।

संक्रमित सबै कन्ट्याक ट्रेसिङबाट पहिचान भएका हुन् ।

संक्रमित सबैलाई आइसोलेसनमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ । प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ८ सय १३ पुगेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width