बागलुङ । जिल्लाको पश्चिम ढोरपाटन क्षेत्रमा बाढीले बिद्युत् सेवा अबरुद्ध भएपछि बन्द रहेको सेवा संचालन गर्न वैकल्पिक ऊर्जाको प्रयोग गरेर सुचारू गरिएको छ ।
अविरल वर्षासँगै भदौ १७ गते राति ९, ८ र ७ बोबाङस्थित भुजिखोलामा बाढीले मानवीय तथा भौतिक क्षति पु¥याएपछि बन्द रहेको नेपाल टेलिकमको टावर संचालन गर्न सोलार जडान गरि सेवा सुरू गरिएको छ ।
बाढीले भुजिखोलामा संचालित लघुजलविद्युत् गृहहरु बगाएको थियो । विद्युत सेवा बन्द भएपछि त्यस क्षेत्रमा मोवाइल सेवा अवरुद्ध भएको थियो । सडकमा बाढीले क्षति पुराएको हुँदा तत्काल त्यहाँ मोवाइल सेवा सञ्चालनमा आउन सकेको थिएन ।
नगरपालिकाको पहलमा केही दिन पहिले सडक मर्मत पश्चात अहिले सडक सञ्चालनमा आएको छ । सडक सुचारु भएसँगै नेपाल टेलिकमले अवरुद्ध मोवाइल सेवा पुनः सञ्चालनमा ल्याएको नेपाल टेलिकमले जनाएको छ । तत्काल त्यहाँ रहेका लघु जलविद्युत् सञ्चालनमा आउने सम्भावना नरहेपछि टेलिकमले वैकल्पिक ऊर्जा सोलार जडान गरी सेवा सुचारु गरेको नेपाल टेलिकम बागलुङका प्रमुख तथा वरिष्ठ इन्जिनियर केशव शर्माले बताए ।
वडा ८ बोवाङ बिजौरेमा रहेको टावरमा १ सय ३५ वाटको २४ थान सोलार जडान गरेर अवरुद्ध सञ्चार सेवा सञ्चालन गरिएको वरिष्ठ इन्जिनियर शर्माले बताए । विद्युत आपूर्ति बन्द हुँदा बाढी प्रभावित क्षेत्रमा सञ्चार सेवाबाट सेवाग्राही वञ्चित भएका थिए । सालझण्डी ढोरपाटन सडक बाट टावरसम्म सामग्री पुराउन स्थानीय बासिन्दा, विपत् व्यवस्थापनमा खटिएको नेपाल प्रहरीको टिम र जनप्रतिनिधिले सहजीकरण गरेको ढोरपाटन नगरपालिकाका नगर प्रमुख देवकुमार नेपालीले बताए ।
कोरोना कहर र प्रतिकूल मौसमका बावजुत जनताको सञ्चार सुविधालाई मध्यनजर गर्दै टावर सञ्चालनमा ल्याइएको नेपाल टेलिकम पोखराका इन्जिनियर कुमोदकुमार महतोले बताए । बोबाङको विजौरेको टावर अवरुद्ध हुँदा त्यस आसपास र ढोरपाटन नेपानेमा रहेको टावरमा रेडियो लिंक बन्द रहेको थियो ।
लिंक बन्द हुँदा ढोरपाटन शिकार आरक्ष क्षेत्रमा मोवाइल सेवा अवरुद्ध रहेको नेपाल टेलिकम पोखराका इन्जिनियर शिवप्रसाद पौडेलले बताए । टावरमा सोलार जडान गर्न प्राविधिक कटकबहादुर गुरुङ सहितको टिम बोवाङ पुगेको थियो ।
नेपाल टेलिकमको नमस्ते मोवाइल सेवा अवरुद्ध हुँदा ढोरपाटन वडा ८ र ९ का बासिन्दा सञ्चार सेवाबाट वञ्चित हुनुका साथै बाढी प्रभावित क्षेत्रमा उद्धार र राहत वितरणमा समस्या भएको थियो ।
मोवाइल सेवा सञ्चालनमा आएसँगै स्थानीय खुसी भएको ढोरपाटन ९ का वडा अध्यक्ष हरिबहादुर घर्तीले बताए ।
Related News
सम्बन्धित समाचार
काठमाडौंमा राजनीतिक हावाहुरी, पाेखरामा भने सुनसान
ग्रामीण क्षेत्रमा सडक कालोपत्रे
संसद पुनर्स्थापनापछि विजय र्याली
सहकारी रकम हिनामिना गर्ने ५ जनालाई ३ वर्ष कैद
नेपाल भ्यालुअर्स एसोसियसन गण्डकीमा राजेन्द्र लिगल
hero news full width
मुख्य समाचार
ड्यामसाइडदेखि चंखपुरको सेरोफेरो, फेवातालकाे चौघेरो
स्कुल टिकाउन विद्यार्थी वन्धक !
फागुन १६, २०७७नेपालकै ठूलो धनराशिको फुटसल
फागुन १६, २०७७नाइकेको विषयमा कारागार भित्रै झडप
फागुन १६, २०७७संसद बैठकः सत्तापक्षको बेन्च झमेला
फागुन १६, २०७७आगामी शैक्षिक सत्र १० महिनाको हुने, असार १ गतेबाट सुरु
फागुन १६, २०७७