हेमजा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पोखरा–१, बगरले सप्ताहव्यापी मास्क वितरण तथा संकलन अभियान सोमवारदेखि सुरु गरेको छ ।
संस्थाले पोखरा १ वडा कार्यालयको प्रायोजनमा समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत कोरोना भाइरसको संक्रमण रोकथामका लागि खुल्ला मास्क वितरण तथा संकलन कार्यक्रम सुरु गरेको हो ।
जस अन्र्तगत सोमवार वडा कार्यालय अगाडि कुल चार सय २० पैदल यात्रुलाई माक्स वितरण गरिएको छ । त्यस्तै मंगलवार पनि वडा कार्यालय अगाडि नै कार्यक्रम गरिने तथा जौवारी चेक पोष्ट, ट्याक्सी चोकमा २ दिन, केआईसिंह पुल र हरीचोकमा पनि कार्यक्रम हुने सेवा केन्द्रका अध्यक्ष मनपति भण्डारीले जानकारी दिए ।
सोमवार वडाध्यक्ष शारदाकुमारी पराजुलीको प्रमुख आतिथ्यता तथा वडा प्रहरी कार्यालय बगरका प्रमुख प्रहरी निरीक्षक मुक्तिनाथ सापकोटाको विशेष उपस्थितिमा कार्यक्रम भएको हो ।
सो अवसरमा भनाई राख्दै वडाध्यक्ष पराजुलीले विश्वव्यापी महामारीको रुप लिइरहेको कोरोना भाइरस न्यूनीकरणका लागि विश्व स्वास्थ्य संगठनले अगाडि सारेका स्वास्थ्य सुरक्षाका मापदण्डलाई कडाईका साथ पालना गर्नुपर्ने बताइन् । उनले सामाजिक दुरी कायम गर्न तथा साबुन पानीले मिचिमिचि हात धुने पनि आग्रह गरेकी थिइन् ।
केन्द्रका अध्यक्ष मनपति भण्डारीले संस्थाले हालको जटिल परिस्थितिमा स्वास्थ्य अनुशासनलाई ध्यान राख्दै सप्ताहव्यापी कार्यक्रम आयोजना गरेको स्पष्ट पारे । भाइरसकोे संक्रमणबाट बँच्नका लागि सर्वसाधारणलाई अनिवार्य मास्कको प्रयोग गर्न सचेतना गराउने उद्देश्यले कार्यक्रम गरिएको पनि उनको भनाई छ ।
केन्द्रका अध्यक्ष भण्डारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा कार्यक्रम संयोजक रामप्रसाद अधिकारीले स्वागत तथा सचिव कल्पना आचार्यले संचालन गरेकी थिइन् ।
Related News
सम्बन्धित समाचार
हिल हिमालयजद्वारा ४३ हजार किलो फोहोर व्यवस्थापन
लेखनाथ जेसिज र जुनियर जेसिजको पदस्थापन
फेवातालकाे सीमांकन : ४० वर्ष अघिकै आकारमा फर्काउने प्रयास
सामुदायिक प्रहरी जिल्ला समन्वय कास्कीमा बाेधराज कार्की
बैदाम प्रहरीमा महिला इञ्चार्ज
hero news full width
मुख्य समाचार
कास्कीमा सुरू भयाे चुनावकाे तयारी
संसद विघटनविरुद्ध कांग्रेस झनै सशक्त
माघ १३, २०७७नेकपाका अध्यक्षद्वयलाई निर्वाचन आयोगले भन्याे : एकता महाधिवेशनअघि कसैले कसैलाई हटाउन सक्दैन
माघ १३, २०७७काेराेनाविरुद्धकाे खाेपका लागि देशभर ६२ अस्पतालमा १ सय २० खोप केन्द्र
माघ १३, २०७७सिनेमा संवाद @ घान्द्रुक
माघ १३, २०७७सातै प्रदेशमा पुग्यो कोरोनाको खोप, पहिलो डोज भोलि
माघ १३, २०७७