बायर्न म्युनिखका स्ट्राइकर लेवान्डोस्कीलाई ‘प्लेयर अफ दि सिजन’ अवार्ड प्रदान

आदर्श समाज सम्वाददाता
असाेज १, २०७७
Lebandosky

तस्बीर साभार : डचवेल्ले (डीडब्ल्यू) डट कम

पोखरा । जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीलाई ‘प्लेयर अफ दि सिजन’ अवार्ड प्रदान गरिएको छ ।

सन् २०१९/०२० को सिजन बायर्नका लागि सर्वाधिक गोल गरेका उनले उत्कृष्ट खेलाडी बन्दै ‘प्लेयर अफ दि सिजन’ को अवार्ड जितेका हुन् । लेवान्डोस्कीको उत्कृष्ट प्रदर्शनमा बायर्नले गएको सिजनमा ३ उपाधि जितेको थियो ।

तस्बीर साभार : ब्लेचर रिपोर्ट डट कम

बायर्नले बुन्डेसलिगा, च्याम्पियन्स लिग र जर्मन कपको उपाधि जित्दा लेवान्डोस्कीले उत्कृष्ट खेल प्रदर्शन गरेका थिए । गएको सिजन लेवान्डोस्कीले बुन्डेसलिगामा बायर्नको तर्फबाट ३४ गोल गरेका थिए । त्यस्तै, उनले च्याम्पियन्स लिगमा १५ गोल गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width