गण्डकी बहुप्राविधिक शिक्षालयमा इन्जिनियरिङको पढाइ हुने भएको छ ।
पोखरा महानगरपालिकाद्वारा सञ्चालित शिक्षालयमा डिप्लोमा इन सिभिल इन्जिनियरिङ र डिप्लोमा इन अटोमोबाइल इन्जिनियरिङको पढाइ हुने भएको हो । तीन वर्षे कोर्षका लागि शिक्षालयले आवेदन खुला गरिसकेको पोखरा महानगरपालिका शिक्षा महाशाखाले जानकारी दिएको छ ।
एसइई उत्तीर्ण विद्यार्थीले असोज १५ गतेसम्म आवदेन दिन सक्ने शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले जानकारी दिए । दुई विषयमा ४८–४८ कोटा निर्धारण गरिएकोमा विभिन्न छात्रवृत्तिको पनि व्यवस्था गरिएको आचार्य बताउँछन् । जसअन्तर्गत १० पूर्ण छात्रवृत्ति र ६ सहुलियत र ३२ कोटा खुला रहेको जनाइएको छ ।
अटोमोबाइल इन्जिनियरिङ सम्बन्धी आवश्यक सीपको अभावमा यहाँका युवा बेरोजगार बस्नुपर्ने बाध्यता रहेको अवस्थामा महानगरपालिकाले यस क्षेत्रमा आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य अनुसार अटोमोवाइल इन्जिनियरिङको अध्यापन सुरु गरेको हो ।
पछिल्ला वर्षहरुमा तीव्र विकास भएको क्षेत्रमा अटोमोबाइल पर्दछ । स्वदेशभित्रै गाडीका पार्टपुर्जा तथा उपकरणहरुको उत्पादन नभए पनि छिमेकी मुलुकबाट आयात हुन्छ । गाडी तथा यसका पार्टपुर्जाको आयातसँगै यसको मर्मत सम्भारको काम गर्ने अधिकांश जनशक्ति समेत विदेशी नै छन् ।
उच्च रोजगारी प्राप्तिको क्षेत्र भएपनि देशभित्र सो कामका दक्ष जनशक्ति नहुँदा ठूलो धनराशी बाहिरिएको छ । सिभिल इन्जिीनियरिङ अधिकांश प्राविधिक शिक्षालयहरुमा पढाइ हुने भएपनि अटोमोबाइल पढाइ हुने कलेज तथा क्याम्पसहरु नगन्य छन् ।
यस वर्ष पहिलोपटक दुई विषयमा प्राविधिक विषय अध्यापन गरिए पनि शिक्षालयको पूर्वाधार निर्माणपछि प्राविधिक धारका कक्षासमेत थप गरिने जनाइएको छ ।
सिभिल इन्जिनियरिङका लागि तीन वर्षको १ लाख ९५ हजार शुल्क छ भने अटोमोबाइलको एक लाख ७५ हजार तोकिएको छ । आफ्नै पूर्वाधार नबन्दासम्म शुरुआतमा महानगरले जनप्रकाश माध्यमिक विद्यालयमा कक्षा सञ्चालन गर्ने योजना बनाएको छ ।
पोखरा महानगरपालिकाका केही वडा कार्यालयहरुले आफ्नो वडामा बसोबास गर्ने विद्यार्थीमध्येबाट एक जनालाई वडा कार्यालयकै खर्चमा पढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
Related News
सम्बन्धित समाचार
प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
hero news full width
मुख्य समाचार
ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
वैशाख २४, २०८१सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
वैशाख २४, २०८१सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
वैशाख २४, २०८१मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
वैशाख २४, २०८१