देवचुलीमा ६ जना कर्मचारी सहित ३४ जनामा संक्रमण पुष्टि

रामकुमार श्रेष्ठ
भाद्र २७, २०७७
Nawalpur

नवलपरासी । पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा शनिबार नगरपालिकाका ६ जना कर्मचारी सहति ३४ जनामा एकै पटक संक्रमण पुष्टि भएको छ ।

केही दिन अगाडि देवचुली नगरपालिकाको एक जना सवारी चालकमा संक्रमण पुष्टि भएपछि नगरपालिकाको कार्यालय नै नै शिल गरिएको थियो ।

देवचुली नगरपालिकाको ३ जना महिला र ३ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । शनिबार संक्रमण पुष्टि भएको ३४ जना मध्ये दुई जना क्वारेन्टाइनको र अन्य ३२ जना कन्ट्याक ट्रेसिङ्गको आधारमा परीक्षण गर्दा संक्रमण पुष्टि भएको देवचुली नगरपालिकाका नगर प्रवक्ता डिलबहादुर खत्रीले बताए ।

शनिबार देवचुली नगरपालिका १ मा ४५ बर्षीया पुरुष (नगरपालिकाका कर्मचारी), देवचुली ४ मा मलेसिलाबाट आएका ४० बर्षीय पुरुषमा संक्रमण देखिएको हो ।

त्यसैगरी देवचुली नगरपालिका ७ मा ३६ बर्षीया १ जना महिला (नगरपालिकाका कर्मचारी) र ३८, ४० र ४६ बर्षीय स्थानीय ३ जना पुरुषमा संक्रमण देखिएको नगरपालिकाले जनाएको छ ।

त्यसैगरी देवचुली नगरपालिका ८ मा ३० देखि ४७ बर्ष उमेर समूहका ११ जना स्थानीय पुरुष, देवचुली ९ मा ३०, ३६, ४९, ६५ बर्षका ४ जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी देवचुली १० मा युएईबाट आएका ३० बर्षीय १ जना महिला, देवचुली ११ मा ३५ बर्षीया १ जना महिला (नगरपालिकाका कर्मचारी) र ३७ बर्षीय स्थानीय पुरुषमा संक्रमण पुष्टि भएको हो ।

देवचुली १२ मा ४१ र ४८ बर्षीय दुई जना पुरुष (नगरपालिकाका कर्मचारी) देवचुली १४ मा ३६ बर्षीया १ जना महिला (नगरपालिकाका कर्मचारी), ६, १५ र ४० बर्षीया स्थानीय महिला, ३४, ३७, ४४ र ५२ बर्षीय ४ जना स्थानीय पुरुषमा संक्रमण पुष्टि भएको हो ।

देवचुली नगरपालिकामा शनिबार थपिएका ३४ जना सहित संक्रमितको संख्या १०९ जना पुगेको छ, ३२ जना निको भएर फर्किएका छन् भने १ जनाको निधन भएको छ ।

नवलपुरमा शुक्रबार मात्रै पनि विनयी त्रिवेणी गाउँपालिकाका १८ जना, कावासोती नगरपालिकाका ११ जना, गैडाकोट नगरपालिकाका ५ जना र देवचुली नगरपालिकाका २ जना संक्रमण देखिएको थियो ।

नवलपुरमा अहिलेसम्म संक्रमितको संख्या ६ सय ५२ पुगेको छ । नवलपुरमा अहिलेसम्म ४ सय जना निको भएर फर्किएका छन् भने ३ जनाको कोरोनाको संक्रमणको कारण निधन भएको छ । नवलपुरमा अहिले २ सय ४९ जना सक्रिय संक्रमित रहेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width