बार्सिलोनामा ग्रिजम्यानलाई ७ नम्बरको जर्सी

आदर्श समाज सम्वाददाता
भाद्र २७, २०७७
Griezmann

पोखरा । बार्सिलोना फ्रन्च स्टार एन्टोनी ग्रिजम्यानले आगामी सिजन ७ नम्बरको जर्सी लगाउने भएका छन् । क्लबले उनलाई ७ नम्बरको जर्सी दिन लागेको आधिकारिक वेवसाईट मार्फत जानकारी दिएको छ । ग्रिजम्यानले पूर्व क्लब एथ्लेटिको मेड्रिडमा रहँदा लगाएको जर्सी नम्बर फ्रान्सको राष्ट्रिय टोलीमा पनि लगाईरहेका छन् ।

गत सिजन उनी बार्सिलोनाबाट १७ नम्बरको जर्सीमा खेलेका थिए । बार्सिलोनामा ७ नम्बरको जर्सी ब्राजिलियन मिडफिल्ड फिलिपे काउटिन्होले लगाउने गरेका थिए । गत सिजन काउटिन्हो लोनमा बार्यन म्युनिख जाँदा उक्त जर्सी खालि थियो ।

आगमी सिजन ग्रिजम्यान बार्सिलोना रहने नरहने चर्चा चलिरहेको बेला ७ नम्बरको जर्सी दिनुले क्लबले उनलाई महत्वपूर्ण स्थान राखेको बुझ्न सकिन्छ । यस अघि डेभिड भिल्ला, पेड्रो रोड्रिगेज, आर्डा टुरान लगायतले यो नम्बर लगाईसकेका छन् ।

नयाँ डच प्रशिक्षकको योजना पर्ने बताईएका काउटिन्होले भने कुन नम्बरको जर्सी पाउँछन् हेर्न बाँकी नै छ । यसअघि उनले १४ र ७ नम्बरको जर्सीमा खेलिसकेका छन् ।

७ नम्बर जर्सी पोर्चुगिस्ट स्टार क्रिस्टियानो रोनाल्डोको नाममा बढी जोडिन्छ ।

Related News

सम्बन्धित समाचार

hero news full width