२५९ प्रहरी कारवाहीमा

रासस
भाद्र २२, २०७७
Nepal Police

तुलसीपुर, २२ भदौ । गत आर्थिक वर्ष २०७६/०७७ मा प्रदेश नं ५ बाट २५९ प्रहरी कारवाहीमा परेका छन् । प्रहरीको आचरण, नीति र नियम विपरीत काम गर्नेलाई कारवाही गरिएको हो ।

प्रदेश नं ५ प्रहरी कार्यालय दाङका प्रहरी वरिष्ठ उपरीक्षक राजकुमार बैदवारका अनुसार नसिहतमा १२७, चालचलनसम्बधी प्रतिकूल रायमा पाँच, ग्रेड घटुवामा १४, ग्रेड रोक्कामा पाँच, शुरुस्केल घटुवामा दुई, पदोन्नति रोक्कामा १३, नोकरीबाट हटाइएकामा ३२, बर्खास्त गरिएकामा एक, निलम्बनमा सात , स्वतः निलम्बनमा नौ र सचेत गराइएकामा ४४ जना छन् ।

अघिल्लो आर्थिक वर्ष २०७५/०७६ मा प्रदेश नं ५ बाट १७६ प्रहरीलाई कारवाही गरिएको थियो ।

हजार पुरस्कृत

गत आवमा प्रदेश नं ५ बाट एक हजार प्रहरीलाई पुरस्कृत गरिएको छ । प्रहरी वरिष्ठ उपरीक्षक बैदवारका अनुसार पुरस्कृत हुनेमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका १२७, जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका १०५, नवलपरासीका ४७, गुल्मीका ३७, पाल्पाका ३९, अर्घाखाँचीका ७३, दाङका ८५, बाँकेका १३२, बर्दियाका ८१, रोल्पाका ६७, प्युठानका १७ र रुकुम(पूर्व)का ५७ जना छन् ।

त्यस्तै ५ नं प्रदेश प्रहरी कार्यालय दाङका ५०, ५ नं प्रदेश तालीम केन्द्र बुटवलका आठ, ५ नं प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका तीन, ५ नं प्रदेश सशस्त्र प्रहरी गण खजुरा बाँकेका ३८ र ५ नं प्रदेश दङ्गा नियन्त्रण प्रहरी गण बुटवलका २४ प्रहरीलाई पनि पुरस्कृत गरिएको छ ।

सिर्जनशील काम गरेको, तोकिएका ठाउँमा जिम्मेवारी पूरा गरेको, अनुसन्धानमा सफल भएको, लागुऔषध, कर्तव्य ज्यान, सवारी दुर्घटना, जबर्जस्ती करणी, हत्या, अवैध सामान र अवैध हातहतियारमा संलग्नलाई पक्राउ गर्न सफल प्रहरीलाई सम्मान गरिएको हो ।

Related News

सम्बन्धित समाचार

  • अन्नपूर्ण गापाले सार्वजनिक गर्‍ यो वर्षभरीका उपलब्धि

    आदर्श समाज सम्वाददाता जेठ ६, २०८१
    पोखरा, ६ जेठ ।अन्नपूर्ण गाउँपालिकाले पछिल्लो १ वर्षमा गरेका कार्य समेटेर छापिएको पुस्तक ‘अन्नपूर्ण दर्पण भाग २’ आइतवार सार्वजनिक गरेको…
  • पेमा धेछेन्लिङ गुम्बामा प्रवचन

    आदर्श समाज सम्वाददाता जेठ ६, २०८१
    पोखरा । २५६८ औं बुद्ध जयन्ती एवं सागा दावा तिथिको अवसरमा आयोजित धार्मिक प्रवचन कार्यक्रम सम्पन्न भएको छ । पेमा…
  • एकातिर खोला, अर्कैतिर पुल

    आदर्श समाज सम्वाददाता जेठ ६, २०८१
    म्याग्दी ।  जलवायु परिवर्तन र नदीको पानीको बहावको राम्ररी विश्लेषण नगरी पुल निर्माण गर्दा पुल एकातिर र नदी अर्कैतिर बग्ने…
  • एचआइभी संक्रमणले पढाइबाट वञ्चित

    नवराज पहाडी जेठ ५, २०८१
    लमजुङ । मध्यनेपाल ५, दुईपिप्लेको भैरवकाली मावि एलकेजीमा यसै वर्ष ५ वर्षीया बालिका श्रीदेवी (नाम परिवर्तन) भर्ना भइन् । तर…
  •  १०२ वर्षमा आँखाको ज्योति फर्किएपछि…      

    आदर्श समाज सम्वाददाता जेठ ५, २०८१
    काठमाडौं ।  खोटाङको दिप्रुङचुइचुम्मा गाउँपालिका-७ टेम्माका सहरमान विश्वकर्माको दुवै आँखाको दृष्टि ९८ वर्ष उमेर पुगेपछि कमजोर हुँदै गयो । बढ्दो…

hero news full width