आँँबुखैरेनीमा आइसोलेसन

आदर्श समाज सम्वाददाता
भाद्र २१, २०७७
isolation

दमौली ।  आँबुखैरेनी गाउँपालिकाले १२ शैय्याको आइसोलेसन कक्ष तयार पारेको छ ।

पछिल्लो समय कोभिड–१९ संक्रमण समुदायस्तरमा समेत बढ्दै जान थालेपछि उपचारको लागि सहज बनाउने उद्देश्यले आइसोलेसन कक्ष निर्माण गरिएको हो ।

आँबुखैरेनी–३ तल्लोबजारस्थित शिवालय मन्दिर नजिकै गाउँपालिकाले केहि वर्ष अघि निर्माण गरेको सार्वजनिक भवन प्रयोग गर्ने गरी आइसोलेसन निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले जानकारी दिए ।

कोभिड–१९ संक्रमण दिनानुदिन समुदायस्तरमा बढ्दै गएको अवस्थामा आँबुखैरेनीबासीहरुलाई कोरोना संक्रमण देखिए तत्कालै उपचारको व्यवस्था मिलाइने गाउँपालिका कार्यालयले जनाएको छ ।

गाउँपालिकामा नै आफ्नै आइसोलेसन कक्ष भएपछि कोरोना संक्रमितहरुले पारिवारिक वातावरणको अनुभूति गर्न पाउने छन्् । उनले भने, ‘यही आइसोलेसन कक्ष भएमा उपचारमा छिटो र आफन्तजनले रेखदेख गर्न समेत सहज हुने विश्वास गरेका छौं  ।’

सानातिना कुरामा पनि अरुको मुख ताक्नुपर्ने प्रवृत्ति न्यूनीकरण गर्दै आफ्नो खुट्टामा आफै उभिन सक्ने गरी सक्षम बन्न आवश्यक देखिएको अध्यक्ष थापाले बताए । उनले आफ्नै आइसोलेसन भएपछि संक्रमीतलाई अन्यत्र पठाउनु पर्ने बाध्यता हटेको बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width