यु एस ओपन टेनिसमा एन्डी मरेको उत्कृष्ट पुनरागमन

आदर्श समाज सम्वाददाता
भाद्र १७, २०७७
Andy Murrey

तस्बीर साभार : बीबीसी डट युके

पोखरा । एन्डी मरे युएस ओपनको दोस्रो चरणमा प्रवेश गरेका छन् ।

ग्राण्ड स्लाममा पुनरागमन गरेका मरेले जापानका योशीहितो निशियोकालाई पराजित गर्दै दोस्रो चरणमा स्थान बनाएका हुन् ।

२०१९ मा पिठ्यूको शल्यक्रिया गरेका मरेले पहिलो दुई सेट गुमाएरपनि उत्कृष्ट पुनरागमन गरेका थिए । मरेले निशियोकालाई ४–६, ४–६, ७–६ (७ र ५), ७–६ (७ र ४), ६–४ को सेटमा हराएका हुन् ।

पूर्व नम्बर एक मरेले चोटका कारण पछिल्लो चार वर्षमा दोस्रो युएस ओपनमा सहभागी भएका हुन् । ४९ वरियाताप्राप्त जापानका २४ वर्षे निशियोकालाई हराउन मरेले ४ घण्टा ३९ मिनेट कोर्टमा विताए ।

मरेले अब क्यानडाका २० वर्षे फेलिक्स औगर एलाइसाइमविरुद्ध खेल्नेछन् । प्रतियोगितामा १५ औं वरियाताका औगर एलाइसाइमले ब्राजिलका थियागो मोन्टेरोलाई ६–३, ६–७ (७ र ९), ७–६ (८ र ६), ७–६ (८ र ६) को सेटमा हराएका थिए ।

जोकोभिच दोस्रो चरणमा

विश्व नम्बर एक नोभाक जोकोभिच न्युयोर्कमा शुरू भएको युएस ओपन टेनिस प्रतियोगिताको दोस्रो चरणमा पुगेका छन् ।

मंगलबार बिहान भएको मेन्स सिंगल्सतर्फको खेलमा जोकोभिचले डामिर डिजुमहुरलाई सीधा सेटमा हराएका हुन ्। सर्बियाली खेलाडीले सो खेल ६–१, ६–१, ६–१ ले जितेका थिए ।

तस्बीर साभार : डनफर्मलाइन प्रेस डट कम

अन्य दुई शीर्ष खेलाडीहरू राफायल नाडाल र रोजर फेडेररको अनुपस्थितिमा उनको उपाधि दाबेदारी अग्रपंक्तिमा रहेको छ । उनले करियरमा १७ वटा ग्रान्डस्लाम उपाधि जितेका छन्, जुन रोजरभन्दा ३ र नाडालभन्दा २ उपाधिबाट पछाडि हो ।

समाचार साभार : न्यूज एजेन्सीहरुबाट

Related News

सम्बन्धित समाचार

  • गण्डकी प्रदेश स्क्वास ‍¥याकेट संघमा रञ्जित

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । गण्डकी प्रदेश स्क्वास तथा ‍र्‍याकेट संघको अध्यक्षमा अशोक रञ्जित सर्वसम्मत निर्वाचित भएका छन् । संघको पोखरामा बिहीबार सम्पन्न…
  • खेल्छ गण्डकी अभियानमा ३५ बालक सहभागी

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । सहारा क्लब पोखराको आयोजना तथा प्रदेश खेलकुद परिषद गण्डकीको सहकार्यमा ‘खेल्छ गण्डकी’ मार्फत् सहारा एकेडेमीमा सञ्चालन भएको १४…
  • तनहुँको फ्रेन्डसीप क्लबलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    लमजुङ । ‘सुखी गाउँ’ घलेगाउँमा नयाँ वर्ष अवसरमा सञ्चालित सातौं स्मार्ट भिलेज गोल्ड फुटबल कप उपाधि तनहुँको फ्रेन्डसीप क्लबले जितेको…
  • लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास…
  • वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    लमजुङ । क्ब्होलासोथार गाउँपालिकाद्वारा सञ्चालित प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधि पुरूषतर्फ वडा ४ ले हात पारेको छ । गाउँपालिकाको…

hero news full width