पोखरा, १४ भदौ । आजमात्रै गण्डकी प्रदेशमा २४ नयाँ संक्रमित थपिएका छन् । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २१२३ पुगेको छ ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ संक्रमित बागलुङ जिल्ला, तमानखोला–२ का दुई महिला हुन, जसमध्ये १ स्वास्थ्यकर्मी हुन् भने अर्काे एकजना स्थानीय व्यापारी रहेको खुलेको छ ।
यस्तै तनहुँ जिल्ला, भानु नगरपालिका– ६ का ९ जना पुरुष, वडा नम्बर– ७ का १० जना पुरुष सहित ३ महिलामा कोरोना संक्रमित पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
अन्य सबै संक्रमितहरु कन्ट्याक ट्रेसिङबाट पहिचान गरिएको हो । संक्रमित सबैलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भइरहेको छ । हालसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमण जितेर घर
फर्किनेको संख्या १६९३ रहेको छ भने प्रदेशभर १३ जनाले ज्यान गुमाईसकेका छन् ।
Related News
सम्बन्धित समाचार
टेम्पल ट्रि रिसोर्टले बुझायो २ करोड कर
कोरोनाको नयाँ भेरियन्ट : संक्रामक तर घातक कम
कोभिडबाट एकको मृत्यु, १०६ संक्रमित थपिए
कोरोना भाइरसबाट आज एक जनाको निधन
गण्डकीका ३ सहित मुलुकभरका १३ जिल्लामा कोरोनाको शून्य संक्रमण
hero news full width
मुख्य समाचार
सफल पोखरा म्याराथनमा दौडियो पोखरा
पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा
फागुन २, २०८१आहारारामा को होला च्याम्पियन ?
फागुन २, २०८१सराङकोट धार्मिक पर्यटकीय क्षेत्रः सञ्चारमन्त्री गुरुङ
फागुन २, २०८१पोखराको लभ्ली हिलमा गीता ज्ञानमहायज्ञ सुरु
फागुन २, २०८१पाेखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्य
फागुन १, २०८१