गजल प्रतिभा पुरस्कार डा. निरज भट्टराईलाई प्रदान गरिने भएको छ ।
गजल सन्ध्या पोखराद्वारा गण्डकी प्रदेशका गजलकारलाई प्रदान गरिने पुरस्कार यस वर्ष तनहुँका गजलकार भट्टराईलाई प्रदान गरिने सन्ध्याका अध्यक्ष मोहन भण्डारीले जानकारी दिए ।
सन्ध्याका सल्लाहकार दीपक समीपको संयोजकत्वमा संस्थापक अध्यक्ष दिलिप दोषी, पूर्व अध्यक्ष बिर्सना बस्नेत सदस्य तथा अध्यक्ष मोहन भण्डारी र सचिव त्रुपक पदेन सदस्य रहेको प्रतिभा छनोट समितिको सिफारिसमा गजल सन्ध्याले उनलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।
एनआरएन युकेका युवा संयोजक लालबहादुर गुरुङद्वारा आफ्ना पिताको स्मृतिमा स्थापित एक लाखको अक्षयकोषबाट प्रदान गरिने पुरस्कारमा नगद १५ हजार, पाँच सय ५५ सम्मानपत्र र दोसल्ला रहेको छ ।
उनका ‘मेरो भन्नु केही छैन’ र ‘तलाश’ गरी २ गजलसङ्ग्रहका साथै ‘धुवाँको धागो’ नामक कवितासङ्ग्रह प्रकाशन भएका छन् । मोतीराम भट्ट–तन्नेरी गजल पुरस्कार र राष्ट्रिय शान्ति गीत पुरस्कारबाट पुरस्कृत प्रतिभा भट्टराईको ‘पल्लव गीत–गजलको एल्बम पनि बजारमा आएको छ ।
तनहुँको भानु नगरपालिका–६, चुँदीमा जन्मेका उनी हाल मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर, त्रिवि शिक्षण अस्पतालमा कार्डियो थोरासिक एण्ड भास्कुलर सर्जन तथा जनस्वास्थ्यविद्का रुपमा कार्यरत छन् ।
उक्त पुरस्कारबाट यसअघि रुपक वनबासी, इन्द्रकुमार विकल्प, गाविन्दराज विनोदी, कमल पौडेल ‘अथक’, दीपक समीप, आर. के. अदिप्त गिरी, कपिल शर्मा, जनार्दन दाहाल, जीवनपानी र बाबु त्रिपाठी पुरस्कृत भइसकेका छन् ।
सन्ध्याले मोती जयन्तीका अवसरमा एक वर्ष गजल प्रतिभा पुरस्कार र अर्को वर्ष गजल प्रतिभा सम्मान अर्पण गर्दै आएको छ । यस वर्ष कोभिड–१९ का कारण उत्पन्न विषम परिस्थितिका कारण मोती जयन्तीकै अवसरमा प्रदान गर्न नसकिएको र स्थिति समान्य भएपछि प्रदान गरिने अध्यक्ष भण्डारीले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
जरोटुप्पोमा सम जयन्ती र सम्मान
‘अनन्त यात्रा’ लिएर आए कवि प्रदीप
सम जयन्तीमा रंगकर्मीको सम्मान
पोखरामा लोपोन्मुख नृत्य प्रदर्शन
संगीतकार सुरेश सम्मानित
hero news full width
मुख्य समाचार
प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
माघ २८, २०८१कोटीहोम गोलचक्करमा पोखरा
माघ २८, २०८१थ्रिस्टार सेमिफाइनलमा प्रवेश
माघ २८, २०८१पूर्वराजा ज्ञानेन्द्र पोखरामा
माघ २८, २०८१गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
माघ २८, २०८१