प्रतिकात्मक तस्वीर
महोत्तरी जिल्लाको मनरासिस्वा नगरपालिका –९ स्थित बथनाहा गाउँमा नेपाल भारत सिमानामा बग्ने टेकुना नदीमा आज बिहान बुद्धको एक मूर्ति भेटिएको छ।
तराई–मधेशसहित देशभरि पितृलाई तर्पण गर्ने तथा घरघरमा कुश भित्र्याउने कुशेऔंशीका दिन आज बिहानै वनमा पुगेका बथनाहाका २२ वर्षीय डोमा सदाले नदीमा बुद्धको मूर्ति फेला पारेको स्थानीय राजनीतिकर्मी चन्दन दुबेले बताए। उनका अनुसार सदाले नदी किनारमै कुश उखेलिरहेका बेला कालो कपाल देखेपछि ठूलो माछा तैरिरहेको भनी समात्न जाँदा त्यो मूर्ति पाएका थिए।
धातुको पहिचान नखुलेको, सुनौलो र खैरो रङको एक/डेढ फिट लम्बाइको ध्यान मुद्रामा रहेको मूर्ति फेला पर्नासाथ उनले आफ्नो घरमा ल्याएर ताल्चा लगाई बन्द गरेर राखेका थिए। त्यसपछि उनले टोलछिमेक सबैलाई जानकारी दिएपछि भारततर्फ पनि नदीमा बुद्धको मूर्ति फेला परेको कुरा पुगेको र तत्कालै भारत बिहार राज्यको सीतामढी जिल्ला (सहसराम क्याम्प) बाट सीमा सुरक्षा बल (एसएसबी) को टोली आई सदालाई आफ्नो शिविरमा समातेर लगेको वडाध्यक्ष बलिराम रायले बताए।
घटनाबारे खबर हुनासाथ नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली पनि सदाको घरमा पुगेको छ । वरपर दुईचार गाउँका करीब पाँच सय व्यक्ति अहिले उनको घरमा मूर्ति हेर्न पुगेका छन् । सदालाई त्यहाँबाट ल्याउन आवश्यक पहल भइरहेको वडाध्यक्ष रायले बताए।
Related News
सम्बन्धित समाचार
सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
लायन्स आदर्श चौतारीको शिविर
गण्डकी थोक औषधी व्यवसायीमा काफ्ले
बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
hero news full width
मुख्य समाचार
प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
कोटीहोम गोलचक्करमा पोखरा
माघ २८, २०८१थ्रिस्टार सेमिफाइनलमा प्रवेश
माघ २८, २०८१पूर्वराजा ज्ञानेन्द्र पोखरामा
माघ २८, २०८१गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
माघ २८, २०८१सम जयन्तीमा रंगकर्मीको सम्मान
माघ २८, २०८१