भारतमा अहिलेसम्मकै बढी परीक्षण

रासस
भाद्र ३, २०७७
Blood sample tube positive with COVID-19

नयाँ दिल्ली । भारतीय स्वास्थ्य मन्त्रालयले गएको २४ घन्टामा भारतभर गरेर करिब ९ लाख जनामा कोरोना भााइरसको परीक्षण गरिएको बताएको छ ।

मन्त्रालयले भनेको छ, ‘भारतभर गएको २४ घण्टामा कम्तीमा पनि ८ लाख ९७ हजार जनामा कोरोना भाइरसको परीक्षण गरिएको छ, जुन अहिलेसम्कै सबैभन्दा बढी हो ।’

सो संख्या पहिलेको तुलनामा बढाइएको पनि बताइएको छ । आफ्नो ट्वीट अकाउन्टमार्फत मन्त्रालयले सो जानकारी गराएको बताइएको ।

यसअघि हप्ताभरिको तुलना गर्दा बढीमा ८ लाख ८१ हजार जना औषतमा दैनिक रुपमा परीक्षण गर्ने गरिएको पनि मन्त्रालयले जानकारी गराएको छ ।

यसरी बढीभन्दा बढी संख्यामा गरिएका परीक्षणहरुले यहाँका नागरिकहरुमा कोरोना भाइरससम्बन्धी पोजेटिभ केसहरु समयमै भेटिने र जसका कारण उनीहरुलाई समयमै आइसोलेसनमा बसाल्न सकिने मन्त्रालयको दाबी छ ।

यसरी गरिएको परीक्षणबाट कोरोना भाइरसका संक्रमितहरु समयमै पत्ता लाग्ने भएकोले देशमा कारोना भाइरसको रोकथाम र नियन्त्रणमा सघाउ पुग्ने मन्त्रालयले बताएको छ ।

भारतको केन्द्रीय सरकारले बढीभन्दा बढीको परीक्षण, समयमै संक्रमित पहिचान गरेर आइसोलेसनमा राख्ने र आवश्यक औषधीय प्रक्रियालाई समयमै सुरु गर्ने गरी रणनीति बनाएको मन्त्रालयको दाबी छ ।

केन्द्र सरकारको यो रणनीतिले गर्दा नै भारतमा सङ्क्रमितहरुको संख्या र मृत्यु हुनेहरुको संख्या घटाउने काममा प्रगति पनि भएको सो मन्त्रालयले जनाएको समाचारमा उल्लेख गरिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width