भारतमा कोरोनाबाट मृत्यु हुनेकाे संख्या ५० हजार नाध्याे   

आदर्श समाज सम्वाददाता
श्रावण ३२, २०७७
49983904461_238d906d13_b

फाेटाेः फिल्कर

पाेखरा, ३२ साउन ।  भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएर मृत्यु भएकाहरुको सङ्ख्या ५० हजार नाघेकाे छ।

वर्ल्डोमीटरकाे जानकारी अनुसार भारतमा कोरोनाका कारण मृत्यु भएकाहरुको कूल सङ्ख्या ५० हजार ८४५ पुगेको छ ।

तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोनाका कारण ७६१ जनाको मृत्यु भएको छ ।

भारतमा कोरोनाबाट पछिल्ला केही दिनदेखि दैनिक ५० हजारभन्दा बढीको सङ्ख्यामा सङ्क्रमितहरु थपिदै आएका छन् ।

भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या २६ लाख ३४ हजार २५६ रहेको छ । ती मध्ये छ लाख ७८ हजार ७९९ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् भने अरु १९ लाख ०४ हजार ६१२ जना सङ्क्रमणमुक्त भइसकेका छन्।

Related News

सम्बन्धित समाचार

hero news full width