कास्कीमा जीप दुर्घटनामा चालकको मृत्यु

आदर्श समाज सम्वाददाता
श्रावण १९, २०७७
Accident

कास्की, १९ साउन । अन्नपूर्ण गाउँपालिकामा आज दिउँसो भएको जीप दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । दुर्घटनामा जीप चालक मुस्ताङ घर भएका ४० वर्षीय सोमप्रसाद शेरचनको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए ।

पोखरा बाग्लुङ राजमार्गको नयाँपुलबाट घान्द्रुकतर्फ खाद्यान्न लिएर गएको ग२च २८१७ नंको बोलेरो जीप दिउँसो १ः३० बजेको समयमा वडा नं १० को क्लिउ भन्ने स्थानमा अनियन्त्रित भएर सडकबाट अन्दाजी ३०० मिटर तल खसेको बताइन्छ । घटनास्थलबाट शवपरीक्षणका लागि पोखरा ल्याउने तयारी भइरहेको प्रनाउ हमालले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width