कास्कीमा ३ सहित गण्डकीमा ६ जनामा संक्रमण

आदर्श समाज सम्वाददाता
श्रावण १६, २०७७
covid 19 corona banner

पोखरा, १६  साउन । गण्डकी प्रदेशमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कास्की, तनहुँ र म्याग्दी जिल्लाका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा म्याग्दीका २ र तनहुँका १ जना पुरुषमा संक्रमण देखिएको हो । त्यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा कास्कीमा ३ जनामा कोरोना देखियो । संक्रमतिमध्ये पोखरा महानगरपालिकाका २ पुरुष र रुपा गाउँपालिकाको १ महिला छन् ।

संक्रमित सबैलाई आइसोलेसनमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ । प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ४ सय ८५ पुगेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width