संक्रमितमा देखिन थाल्यो लक्षण

आदर्श समाज सम्वाददाता
श्रावण ११, २०७७
covid 19 corona banner

नेपालमा कोरोना भाइरस (कोभिड–१९) लक्षण देखिएका संक्रमित भेटिन थालेका छन् । पहिले ९८ प्रतिशत संक्रमितमा लक्षण नभएका पाइएका थिए भने अहिले देखिने नयाँ संक्रमितमा कोभिड–१९ का लक्षण देखिन थालेको हो ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका कार्यकारी निर्देशक डा वासुदेव पाण्डेले अहिले नयाँ संक्रमितमा लक्षण देखिन थालेको जानकारी दिए । अचेल देखिएका संक्रमितमा रुखाखोकी लाग्ने, श्वासप्रश्वासमा समस्या, थकाइ लाग्ने, जीउ थाक्ने, स्वाद र गन्ध थाहा नपाउने जस्ता समस्या देखिन थालेका छन् । उनका अनुसार हालै काठमाडौँ उपत्यकामा देखिएका १६ मध्ये ९ जनामा लक्षण देखिएको छ ।

लक्षण देखिएका संक्रमित भेटिन थालेपछि सतर्कता अपनाउनुपर्ने सुझाव दिइएको छ । सरकारले साउन ७ देखि बन्दाबन्दी खुलेसँगै सङ्क्रमणको जोखिम बढेकाले स्वास्थ्यका मापदण्ड अपनाउन चिकित्सकले सुझाव दिएका छन् ।

नेपालमा ५.५ प्रतिशत सङ्क्रमण दर रहेको छ भने संक्रमितको मृत्यु दर ०.२ प्रतिशत र मृत्यु प्रतिदश लाखमा १.४ प्रतिशत रहेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width