हेमजा । माछापुच्छ्रे गाउँपालिका–५, रिभान निवासी आनन्दकुमारी गुरुङ (पवि) को ११४ वर्षको उमेरमा निधन भएको छ । उनी सम्भवतः नेपालमै बढी बाच्ने महिला हुन्।
साविक रिभान गाविस ४, माटेखोरकी स्व. गुरुङको सेतीमर्दी संगमस्थल दोविल्लाघाटमा अन्त्येष्टि गरिएको छ। शवमा उनका नाति सोमबहादुर गुरुङ (चिजा) ले दागबत्ती दिए ।
दीर्घजीवी गुरुङ पछिल्लो समय रुघाखोकी तथा ज्वरोबाट पीडित थिइन् । उनले युवा अवस्थामा गाउँमा चौतारो तथा बाटो निर्माण गर्न पनि भूमिका खेलेकी थिइन्।
स्व. गुरुङका छोरी २, बुहारी २, नाति ५, नातिनी ७, पनाति ६ जना लगायत रहेको पारिवारिक श्रोतले जनाएको छ । उनको जन्म विसं. १९६३ साउन १४ गते भएकोमा स्वर्गारोहण २०७७ असार २६ मा भएको हो ।
यसैबीच, रिभान चौर नाथु प्रल्हाद ङेह्रो पैंगीलामा परिवार समितिले आफ्ना सदस्य बयोवृद्घा गुरुङको निधनले अपूरणीय क्षति पुर्याएको भन्दै शोक व्यक्त गरेको छ ।
Related News
सम्बन्धित समाचार
बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
‘प्रदेशलाई औचित्य पुष्टि गर्नै सकस’
गण्डकी प्रदेश स्थापनाको ७ वर्ष: घट्दो आम्दानी, बढ्दो आकांक्षा
वन्यजन्तुबाट भएको क्षतिमा १ करोड बढी राहत
दलित पत्रकार संघ गण्डकीमा पूर्ण
hero news full width
मुख्य समाचार
प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
माघ २८, २०८१कोटीहोम गोलचक्करमा पोखरा
माघ २८, २०८१थ्रिस्टार सेमिफाइनलमा प्रवेश
माघ २८, २०८१पूर्वराजा ज्ञानेन्द्र पोखरामा
माघ २८, २०८१गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
माघ २८, २०८१