गाईजात्रा महोत्सव तथा तायमचा नृत्य स्थगित

आदर्श समाज सम्वाददाता
श्रावण ५, २०७७
tayamacha

पोखरा, ५ साउन । पोखरामा यस वर्ष गाईजात्रा महोत्सव तथा तायमचा नृत्य प्रतियोगिता स्थगित गरिएको छ ।

कोरोना भाइरस (कोभिड–१९) कारण उत्पन्न विषम परिस्थितिले स्थगित गर्नु परेको संस्थाका अध्यक्ष अशोक पालिखेले जानकारी दिए ।

हालै कार्यसमिति बैठकले साउन २० मा परम्परागत रुपमा निकाल्दै आएको गार्ईजात्रा नृत्य तथा साउन २४ गते हुने गार्ईजात्रा महोत्सवलाई पनि स्थगित गरेको हो ।

सांस्कृतिक परम्परारुपमा मनाउँदै आएको गाईजात्रा भने घरका परिवार तथा सीमित व्यक्तिहरु सम्मिलित भई सामाजिक दूरी कायम गरी नजिकैको मन्दिरमात्र परिक्रमा गरी निकाल्न सकिने महासचिव सुविन्द्र श्रेष्ठले बताए ।

गाईजात्रा महोत्सव तथा तायमचा नृत्य प्रतियोगिता यो वर्ष मोहोरिया टोल कचाले गर्ने कार्यक्रम तय थियो । यसअघि नेवाः खल कास्कीको आयोजनामा चैत ८ मा तोकिएको मिस नेवा प्रतियोगिता समेत लकडाउनले स्थगित छ ।
वर्षभरमा आफन्तजन गुमाउने परिवारका सदस्यका लागि मृतकको सम्झना, स्नेह तथा श्रद्धा प्रकटका लागि गाईजात्रा मनाउने प्रचलन छ ।

Related News

सम्बन्धित समाचार

hero news full width