८२ लाख ८४ हजार कोरोना संक्रमण मुक्त, १० लाख संक्रमित

आदर्श समाज सम्वाददाता
श्रावण ३, २०७७
covid 19 corona banner

३ साउन (रासस/एएफपी) ।विश्वमा कोरोना भाइरस संक्रमित भएका १ करोड ३९ लाख ५२ हजार ४ सय ६ जना व्यक्तिमा ८२ लाख ८४ हजार २ सय ८५ व्यक्ति संक्रमण मुक्त भएका छन् । शुक्रबारसम्म विश्वमा कोरोना भाइरसको संक्रमणबाट ५ लाख ९२ हजार ७५७ जना व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जानकारी दिएको छ ।

हाल विश्वभरमा ५० लाख ७५ हजार ३ सय ६४ व्यक्ति कोरोना भाइरस संक्रमित रहेका उनीहरुको उपचार भइरहेको छ । संक्रमितहरु मध्ये ५९ हजार ८ सय ८७ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र ३६ लाख ९५ हजार २५ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख ४१ हजार १ सय १८ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा ३१ लाख १६ हजार ३ सय ९३ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख १२ हजार २ सय ९३ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ४३ लाख २६ हजार ८ सय २८ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ९२ हजार ४ सय ८७ जनाको मृत्यु भएको छ ।

युरोपमा २६ लाख २९ हजार ७२ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ९८ हजार १ सय ६६ को मृत्यु भएको छ । एसिया ३१ लाख ९९ हजार १ सय ६० जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ७५ हजार २ सय ५९ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा ६ लाख ६७ हजार ३ सय ३४ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १४ हजार ३ सय ९९ जनाको मृत्यु भएको छ । ओसियानामा १२ हजार ९ सय ३ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १ सय ३८ जनाको मृत्यु भएको छ ।

संक्रमित १० लाख नाघे

भारतमा कोरोना भाइरस संक्रमितको संख्या १० लाख नाघेको छ । एकैदिनमा कोरोनाभाइरसबाट संक्रमित भएकाको संख्या ३४ हजार ९५६ पुगेको छ । यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै भएको अधिकारीले शुक्रबार जानकारी दिएका छन् ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा पछिल्लो २४ घण्टामा ३४ हजार ९ सय ५६ संक्रमित भएको जनाएको छ । मन्त्रालयका अनुसार योसँगै भारतमा कुल संक्रमितको संख्या १० लाख ३ हजार ८ सय ७६ पुगेको छ ।

त्यसैगरी भारतमा गत २४ घण्टामा कोरोनाका कारण ६८७ जनाको मृत्यु भएपछि कोभिड १९ बाट मृत्यु हुनेका संख्या २५ हजार ६ सय २ पुगेको छ । भारतमा अहिले पनि संक्रमित अवस्थामै रहेकाहरुको संख्या ३ लाख ४२ हजार ४ सय ७३ रहेको छ भने ६ लाख ३५ हजार ७ सय ५७ जना संक्रमणमुक्त भइसकेका छन् ।

भारतमा महाराष्ट्र राज्य अत्यन्त प्रभावित भएको छ । यहाँ संक्रमितको संख्या २ लाख ८४ हजार २ सय ८१ पुगेको छ । तीमध्ये ११ हजार १ सय ९४ जनाको मृत्यु भइसकेको छ । त्यसैगरी कोरोनाबाट दोस्रो धेरै प्रभावित भएको तमिलनाडु राज्यमा १ लाख ५६ हजार ३ सय ६९ संक्रमित हुँदा २ हजार २ सय ३६ जनाको मृत्यु भएको छ ।

केन्द्रीय राजधानी समेत रहेको दिल्ली राज्यमा पनि १ लाख १८ हजार ६ सय ४५ जना संक्रमित भएका छन् भने ३ हजार ५ सय ४५ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width