२५ हजार कर्मचारी कटौती हुनसक्ने

रासस
श्रावण २, २०७७
Staff

अमेरिकन एयरलाइन्सले अग्रपङ्क्तिमा रहेर काम गर्ने झण्डै २५ हजार कर्मचारीलाई रोजगारीबाट निकाल्ने चेतावनी दिएको छ ।

कोरोना भाइरस महामारीका कारण सेवा प्रवाहमा अत्यधिक कमी आएकाले कर्मचारीहरु कटौती गर्नुपर्ने बाध्यता रहेको कम्पनीले जनाएको छ ।

निस्काशित हुन लागेकामध्ये झण्डै २९ प्रतिशत कर्मचारीहरु अमेरिकी रहेको पनि कम्पनीका अधिकारीहरुले जानकारी दिएका छन् ।

पदमुक्त हुन लागेका कर्मचारीहरुलाई २ वर्षभन्दा बढीको बिदा लिन वा अग्रिम अवकास लिन आग्रह पनि गरिएको छ ।

‘कोरोना भाइरसबाट सङ्क्रमितहरुको संख्या घटेको छैन, कतिपय राज्यहरुले निषेधात्मक व्यवस्थाहरुलाई फेरि सक्रिय बनाउन थालेका छन्, त्यसैले तत्काल पर्याप्त हवाई सेवा सञ्चालनमा आउने देखिदैन,’ कम्पनीका प्रमुख कार्यकारी अधिकृत डोङ पार्कर र अध्यक्ष रोबर्ट इसोमले भने ।

कम्पनीले जुन महिनासम्ममा ८० प्रतिशतभन्दा बढी आम्दानी घटेको जानकारी दिएको समाचारमा उल्लेख गरिएको छ । रासस

Related News

सम्बन्धित समाचार

hero news full width