पोखरा, १ साउन । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्कीको आर्थिक वर्ष २०७६/७७ को वार्षिक कार्यक्रमअन्तर्गत सार्वजनिक सुनुवाइ बुधबार सम्पन्न गरेको छ ।
कार्यक्रममा कास्की जिल्लाभित्रका मासु व्यवसायी, गाईभैसी, भेडाबाख्रा, कुखुरा तथा माछा पालक कृषकहरुको प्रतिनिधिमुलक उपस्थिति थियो ।
सो अवसरमा पशु सेवा क्षेत्रीय निर्देशनालयका डा गायत्री वाग्ले, पशुसेवा तालिम केन्द्रका कार्यालय प्रमुख डा दीर्घनाथ ढंगाना, पशुरोग अन्वेषण प्रयोगशालाका डा केदारराज पाण्डे एनएलएसआईपीका प्रोजेक्ट प्रमुख डा लक्ष्मण ढकाल, पोखरा महानगरपालिका पशु सेवा शाखा प्रमुख नवराज अधिकारीले सहभागीको जिज्ञासाको जवाफ दिँदै आगामी दिनमा केन्द्रबाट हुने कार्यक्रमको बारेमा जानकारी गराए ।
उपभोक्ता मञ्च कास्की गण्डकी अध्यक्ष कपिलनाथ कोइराला, कृषक कृष्णप्रसाद बराल लगायतले सेवा केन्द्रको सेवा प्रभावकारी बनाउनु पर्ने, प्राविधिकहरुको संख्या बढाउनु पर्ने, अनुदान वितरणमा उत्पादनको अनुपातमा गर्नुपर्ने लगायत सुझाव दिएका थिए ।
भेटेरीनरी अस्पताल तथा पशु सेवा केन्द्रका विभिन्न शाखाका कर्मचारीहरुको समेत सहभागीता रहेको पशुसेवा प्राविधिक दीपक रानाभाटले बताए ।
कार्यालय प्रमुख वरिष्ठ पशु विकास अधिकृत डा शोभा शर्माको अध्यक्षतामा भएको कार्यक्रमको संचालक पशु विकास अधिकृत डा सपनालक्ष्मी घिमिरेले गरेकी थिइन् ।
Related News
सम्बन्धित समाचार
व्यापार मेलामा अनेक सुविधा
गाईभैंसीपालक कृषकलाई तालिम
मौरीपालन तालिम
सुन्तलामा पोस्ट हार्भेस्ट व्यवस्थापन कसरी ?
‘किसानका समस्यामा अनुसन्धान गरौं’
hero news full width
मुख्य समाचार
‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
माघ २५, २०८१थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
माघ २५, २०८१ज्येष्ठ नागरिक समाजबाट सम्मान
माघ २५, २०८१रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
माघ २४, २०८१काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
माघ २४, २०८१