पर्वतमा चितुवाको आक्रमणबाट १ जना घाइते

आदर्श समाज सम्वाददाता
असार २६, २०७७
2744865

पोखरा, २६ असार । पर्वत जिल्लाको जलजला गाउँपालिका फड्के ढुङ्गा निवासी ५१ वर्षीया शुभा कुमारी मल्ललाई चितुवाले आक्रमण गरी घाइते बनाएको छ ।

जङ्गलमा घाँस काट्ने क्रममा अचानक चितुवाले आक्रमण गरी घाइते बनाएको हो । उनको जिल्ला अस्पताल म्याग्दीमा ल्याई उपचार भईरहेको प्रहरीले जनाएको छ । घाईतेको घाँटी, हात र खुट्टामा चोट पुगेको प्रहरीले जनाकारी दिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width