बागलुङमा थप १२ जनाले कोरोना जिते

राजेशचन्द्र राजभण्डारी
असार २३, २०७७
dhawalagiri-hospital-1_m9Bfx5PTBB

बागलुङ, २३ असार । जिल्लामा रहेका कोरोना संक्रमित मध्य बागलुङमा थप १२ जनाले कोरोना जितेर फर्किएका छन् ।

धौलागिरि अञ्चल अस्पतालको आईसोलेसनमा रहेका ८ जना र धौलागिरि बहुमुखी क्याम्पसको प्रि-आइसोलेसनमा रहेका ४ जना कोरोना जितेर घर फर्किएका हुन् । यससँगै जिल्लामा कोरोना जितेर घर फर्किनेको संख्या १ सय १० पुगेको छ ।

उनीहरुको रिपोर्ट नेगेटिभ आएपछि आईसोलेशनबाट डिस्चार्ज गरी घर फर्काइएको अस्पतालले जनाएको छ । घर फर्किनेमा काठेखोला गाउँपालिकाका ५ जना, ताराखोला गाउँपालिकाका २ जना, गलकोट नगरपालिकाका २ जना, बागलुङ नगरपालिका २ जना र बरेङ गाउँपालिकाका एक जना रहेको अस्पतालका निमित्त मेसु डा. शैलेन्द्र वि. पोखरेलले बताए ।

उनीहरु मध्ये अधिकांश दुई साता मात्रै अस्पतालमा बसेका थिए । गलकोटका दुई युवा भने एक महिनासम्म आइसोलेसनमा बसेका थिए । अधिकांशको दोश्रो पटकको पिसिआर रिपोर्ट नेगेटिभ आएको थियो भने गलकोटका युवाको तेस्रोपटकमा नेगेटिभ आएको अस्पतालले जनाएको छ ।उनीहरुको पछिल्लो रिपोर्ट नेगेटिभ आएपछि आइसोलेसनबाट डिस्चार्ज गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । हाल ९८ जना आइसोलेसनमा छन् । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width