पोखराकाे प्रमुख प्रशासकीय अधिकृतमा बराल

आदर्श समाज सम्वाददाता
असार २१, २०७७
Mahesh Baral

पाेखरा, २१ असार । पोखरा महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा महेश बराल आउने भएका छन्।

असार १२ गते सहसचिवमा बढुवा भएका बराललाई आइतबार पोखरामा सरुवा गरिएको हो । हाल उनी सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा कार्यरत छन्।

२०७१ सालमा पनि  पाेखरा उपमहानगरपालिकाको कार्यकारी अधिकृत भएर काम गरिसकेका उनी तत्कालीन समयमा ६ महिनामै सरुवा भएका थिए । त्यसपछि भरतपुर उपमहानगरपालिका, धुलिखेल, मध्यपुर ठिमी नगरपालिकामा कार्यरत थिए।

आर्थिक वर्ष अन्त्य भएकोले नयाँ आर्थिक वर्षदेखि कार्यभार सम्हाल्ने बरालले बताए । उनले पोखरालाई थप उत्कृष्ट बनाउन मिहिनेत गर्ने बताए । हाल पोखरामा धु्रवकुमार पोखरेल प्रमुख प्रशासकीय अधिकृत रुपमा कार्यरत छन्।

Related News

सम्बन्धित समाचार

hero news full width