नेवि संघ तनहुँको वृक्षरोपण

आदर्श समाज सम्वाददाता
असार १९, २०७७
Tanahun

तनहुँ, १९ असार  | नेवि संघ तनहुँले वृक्षरोपण गरेको छ । गिरिजाप्रसाद कोइरालाको ९६ औं जन्मजयन्ति अवसरमा शुक्रबार दमौलीको निर्मल माविमा सो कार्यक्रम आयोजना गरिएको थियो ।

प्रमुख अतिथि नेपाली काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले देश भ्रष्टाचारको कारण आक्रान्त परेको बताए । उनले आदिकवि भानुभक्त क्याम्पसको क्वारेन्टिनमा रहेकाहरुलाई १० हजार रुपैयाँ बराबरको खाद्यान्न सामग्री हस्तान्तरण गरे । नेवि संघ तनहुँको पहलमा संकलित सो सामग्री कतारमा कार्यरत भिमादका त्रिभुवन सेलने उपलब्ध गराएका हुन् ।

कार्यक्रममा नेपाली काँग्रेस आमन्त्रित केन्द्रीय सदस्य ध्रुव वाग्ले, जिल्ला उपाध्यक्ष बैकुण्ठ न्यौपाने, सचिव विश्व बास्तोला, नेवि संघ जिल्ला अध्यक्ष चूडामणि खनाल लगायतले सामसामयिक विषयमा बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width