राष्ट्रपतिलाई भेटेर फर्किए प्रचण्ड

एजेन्सी
असार १८, २०७७
pushpa-kaml-dahal-647_080416055435

काठमाण्डौ, १८ असार । राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटार फर्किएका छन्।

यसअघि उनी प्रधानमन्त्री केपी शर्मा ओलीबाहेकका सचिवालय सदस्यसँग छलफल गरेर राष्ट्रपतिलाई भेट्न शितल निवास पुगेका थिए। शितल निवासमा राष्ट्रपति भण्डारी र प्रचण्डबीच झन्डै १ घन्टा कुराकानी भएको थियो।बालुवाटारमा स्थायी कमिटी बैठक रोकेर प्रचण्ड शितल निवास गएका थिए। आजको बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित भएकाले प्रचण्डले नै बैठक चलाएका थिए।

बैठक रोकेर प्रचण्ड असार १० गतेदेखि जारी नेकपा स्थायी कमिटी बैठकमा बहुमत नेताहरुले प्रधानमन्त्री ओली स्वेच्छाचारी ढंगले अगाडि बढेको भन्दै दुवै पदबाट राजीनामा दिन माग गरेका छन् । प्रचण्ड एकाएक बाहिरिएपछि स्थायी कमिटी सदस्यहरू अहिले बालुवाटारमै कुरेर बसेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width