सांसद छन्त्यालको निधन

रासस
असार १७, २०७७
106353146_10221441808266780_6899322592183066383_n

गलकोट, १७ असार । सांसद ज्ञानकुमारी छन्त्यालको उपचारका क्रममा काठमाडौँमा निधन भएको छ । छन्त्यालको आज बिहान निधन भएको नेपाली काँग्रेस बागलुङ क्षेत्र नं २ का सभापति द्रोण कुँवरले जानकारी दिए ।

लामो समयदेखि मुटु रोगबाट ग्रसित ६६ वर्षीया छन्त्याल काठमाडौँस्थित गङ्गालाल हृदयकेन्द्रमा करीब एक महिनादेखि उपचाररत थिइन् । काँग्रेसका तर्फबाट समानुपतिक सांसद उनी दोस्रो संविधानसभामा बागलुङ क्षेत्र नं ३ बाट निर्वाचित संविधानसभा सदस्यसमेत हुन् ।

Related News

सम्बन्धित समाचार

hero news full width