बागलुङमा मोटरसाइकल दुर्घटना हुँदा २ घाइते

आदर्श समाज सम्वाददाता
असार १७, २०७७
accident

बागलुङ, १७ असार । बागलुङ नगरपालिका–१ गणेश घुम्तीमा बुधबार विहान ध १ प ३४१९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा २ जना घाइते भएका छन् ।

एकादशीको दिन कालिगण्डकी नदीमा स्नानको लागि जाँदै गर्दा दुर्घटनामा परी बागलुङ नगरपालिका-२ का ५५ वर्षीय जितबम मल्ल र उनकी पत्नी ४६ वर्षीया जयन्ती मल्ल घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी सहायक निरीक्षक प्रेमबहादुर खड्काले बताए ।

दुवै जनालाई धौलागिरि अस्पताल बागलुङमा अत्यावश्यक उपचारपछि पोखरा रिफर गरिएको छ । ५५ वर्षीय जितबम मल्लको टाउकोमा गम्भीर चोट लागेका कारण सिटिस्क्यानको लागि पोखरा पठाइएको अस्पतालले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width