लैंगिक हिंसा विरुद्धको अभियान प्रदेश सभाबाट चलाउन आग्रह

आदर्श समाज सम्वाददाता
असार १६, २०७७
106495271_277449236792000_8225089245229005218_n

कावासोती । गण्डकी प्रदेशका सांसद ओमकला गौतमले लैंगिक हिंसा विरुद्धको अभियान प्रदेश सभामै चलाउन आवश्यक रहेको औल्याएका छन् ।

मंगलबार भएको गण्डकी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले असार ७ गते पेश गरेको विनियोजन विधयक २०७७ माथिको बाँकी छलफल माथि बोल्दै सांसद ओमकला गौतमले यस्तो बताएका हुन् ।

पूर्वी नवलपरासीका सांसद गौतमले लैंगिक हिंसा विरुद्धको अभियानका लागि २० लाख, किशोरीहरुको आत्मरक्षाको लागि १५ लाख विनियोजन गरेको स्राहनीय रहेको उल्लेख गर्दै लंैगिक हिंसा प्रदेश सभामै हुने गरेको बताउँदै त्यसका लागि प्रदेश सभामै लंगिक हिंसा विरुद्धको अभियान चाल्नु पर्नेमा जोड दिए ।

त्यसैगरी उनले महिला सांसदहरुको लागि नै आत्मरक्षा तालिम चाहिएकोमा जोड दिए । उनले भने- नारी अस्मिताको सम्मानको रोष्टमबाटै खिल्ली उडाउने जस्ता काम हुने गरेकोले महिला माननीयहरुकै लागि किशोरीहरुलाई जस्तै आत्मरक्षाको तालिम चाहिएको छ । त्यसैगरी महिलालाई दोस्रो दर्जाको नागरिक ठान्ने जस्ता विषयमा आवाज उठाउँदा प्रदेश सभा मौन रहनु दुखद रहेको समेत उल्लेख गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width