सर्पले डसेर बालिकाको मृत्यु

रासस
असार १५, २०७७
1200px-Austrelaps_labialis

कञ्चनपुर, १५ असार । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका -१२ कालागौंडीका पाँच वर्षीया बालिका पुनम बोहराको सर्पले डसेर मृत्यु भएको छ ।

सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा बालिकाको सोमवार मृत्यु भएको स्थानीयवासी नरेन्द्र बोहराले जानकारी दिए । शनिबार राति कोठामा सुतिरहेका बेला सर्पले बालिकालाई डसेपछि अर्जुनीस्थित सर्पदंश उपचार केन्द्रमा उपचारार्थ भर्ना गरिएको र सो केन्द्रमा उपचार हुन नसकेपछि थप उपचारका लागि बालिकालाई सो अस्पतालमा पुर्याइएको उनले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width