सिद्धबाबा नजिकै पहिरो, सडक अवरुद्ध

रासस
असार १४, २०७७
thumb

पाल्पा, १४ असार । अविरल वर्षाका कारण सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्र नजीकै पहिरो खस्दा आज सडक अवरुद्ध भएको छ ।

सिद्धार्थ राजमार्गको पाल्पा–बुटबल सडकखण्डको तिनाउ गाउँपालिका- ३ सिद्धबाबा नजीकै पहिरो खस्दा सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक मदन गिरीले बताए । अविरल वर्षा भइरहेकाले पहिरो हटाउन नसकिएकोे जनाइएको छ ।

यसैबीच तानसेन -रामपुर सडकखण्डको चापगैरामा पनि सडक अवरुद्ध भएको छ । पूर्वखोला गाउँपालिका- १ चापगैरामा पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो । वर्षा भइरहेको र ढुङ्गा झरिरहेकाले पहिरो हटाउन नसकिएको प्रनाउ गिरीले बताए । पहिराबारे यात्रु तथा चालकलाई जानकारी नहुँदा उनीहरु बीच बाटामा नै अलपत्र परेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width