बागलुङका थप ८ जनामा कोरोना पुष्टि, संक्रमित संख्या १५० पुग्यो

राजेशचन्द्र राजभण्डारी
असार १३, २०७७
dhawalagiri-hospital-1_m9Bfx5PTBB

बागलुङ, १३ असार । बागलुङ जिल्लाको काठेखोला गाउँपालिकामा ७ जना पुरुष र ढोरपाटन नगरपालिकामा एक जना पुरुषमा कोरोना संक्रमण देखिएपछि बागलुङमा संक्रमितको संख्या १ सय ५० पुगेको छ ।

प्रदेश क्षयरोग प्रयोगशालामा गरिएको नमूना परीक्षणमा बागलुङको काठेखोला गाउँपालिकाका ७ जना र ढोरपाटन नगरपालिकाका १ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए । काठेखोलाका संक्रमितहरुलाई धौलागिरि क्याम्पसको आईसोलेशन कक्षमा र ढोरपाटनका एक जनालाई बुर्तिवाङमै व्यवस्थापन गरिने बताईएको छ ।योसंगै बागलुङ जिल्लामा कोरोना संक्रमितको संख्या १ सय ५० पुगेको छ । त्यसमध्य २४ जना निको भएर घर फर्किएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width