सागमा पदक विजेता खेलाडी तथा प्रशिक्षकलाई पुरस्कार सहित सम्मान

आदर्श समाज सम्वाददाता
असार १०, २०७७
SAG Kheladi Samman

पोखरा । गत मंसिरमा नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जितेका खेलाडी र प्रशिक्षकलाई नगद पुरस्कारसहित सम्मान गरेको छ ।

ललितपुरको गोदावरी नगरपालिकाले आफ्नो नगर सभाको अवसर पारेर नगरबासी पदक विजेता खेलाडी र प्रशिक्षकहरुलाई नगद पुरस्कारसहित सम्मान गरेको हो ।

खेलाडीमा उसु तर्फ कास्य पदक विजेता निकेस श्रेष्ठलाई १ लाख र प्रशिक्षकमा कराते कुमुतेका दीपक श्रेष्ठ र कराते कातातर्फ गंगाराम महर्जनलाई जनही २ लाख पुरस्कारसहित सम्मान गरिएको हो । उनीहरुलाई मेयर गजेन्द्र महर्जन लगायतले नगद पुरस्कार र सम्मानपत्र प्रदान गरेका हुन् ।

उसुका निकेश श्रेष्ठ उक्त नगरपालिका वडा नं ५, कराते कुमुते प्रशिक्षक दीपक श्रेष्ठ वडा नं १२ र कराते काताका गंगाराम श्रेष्ठ वडा नं १२ का पशिक्षक हुन् ।

Related News

सम्बन्धित समाचार

  • गण्डकी प्रदेश स्क्वास ‍¥याकेट संघमा रञ्जित

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । गण्डकी प्रदेश स्क्वास तथा ‍र्‍याकेट संघको अध्यक्षमा अशोक रञ्जित सर्वसम्मत निर्वाचित भएका छन् । संघको पोखरामा बिहीबार सम्पन्न…
  • खेल्छ गण्डकी अभियानमा ३५ बालक सहभागी

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । सहारा क्लब पोखराको आयोजना तथा प्रदेश खेलकुद परिषद गण्डकीको सहकार्यमा ‘खेल्छ गण्डकी’ मार्फत् सहारा एकेडेमीमा सञ्चालन भएको १४…
  • तनहुँको फ्रेन्डसीप क्लबलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    लमजुङ । ‘सुखी गाउँ’ घलेगाउँमा नयाँ वर्ष अवसरमा सञ्चालित सातौं स्मार्ट भिलेज गोल्ड फुटबल कप उपाधि तनहुँको फ्रेन्डसीप क्लबले जितेको…
  • लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास…
  • वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    लमजुङ । क्ब्होलासोथार गाउँपालिकाद्वारा सञ्चालित प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधि पुरूषतर्फ वडा ४ ले हात पारेको छ । गाउँपालिकाको…

hero news full width