राष्ट्रिय अनलाइन वक्तृत्वकलामा बर्दियाकी प्रश्ना प्रथम

आदर्श समाज सम्वाददाता
असार ८, २०७७
abc n

पोखरा, ८ असार । नेपाल राष्ट्रिय शिक्षक संगठन कास्कीद्वारा आयोजित मावि स्तरीय राष्ट्रिय अनलाइन वक्तृत्वकला प्रतियोगितामा बगलामुखी राधाकृष्ण थारु मवि बर्दियाकी प्रश्ना सुवेदी प्रथम भएकी छन् ।

त्यस्तै दमकडा मावि तानसेन पाल्पाका दृष्टिविहीन सन्दिप थापा द्वितीय, अमरसिंह नमूना मावि पोखराकी अपेक्षा अधिकारी तृतीय भएकी छन् । उनीहरुले क्रमशः रु.२५ हजार , १५ हजार र १० हजारसहित प्रमाणपत्र पाएका छन् ।

वक्तृत्वकला प्रतियोगितामा देशभरबाट ९७ जना विद्यार्थीबाट विभिन्न चरण हँुदै टप टेन फाइनलिस्टबाट उनीहरु पुरस्कृत भएका हुन् । विभेदरहीत समाज निर्माणमा विद्यार्थीको भूमिका भन्ने शीर्षकमा विद्यार्थी अन्जु खड्का काठमाडौँ, अपेक्षा अधिकारी कास्की, विक्रम गिरी नवलपरासी, दीपशिखा भण्डारी बाँके, हरिकला अधिकारी बर्दिया, प्रशान चाम्लागाइँ इलाम, प्रश्ना सुवेदी बर्दिया, रोजिना खत्री कास्की, सदीक्षा ढकाल पाल्पा, सन्दिप थापा पाल्पाले वक्तृता प्रस्तुत गरेका हुन् । बाँकी ७ जनाले ,रु.२।२ हजार र प्रमाणपत्र प्राप्त गरेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समितिका अध्यक्ष लक्ष्मण शर्माले लकडाउनको बेला कोहीकोहीले शिक्षकहरु सुतिरहेका छन् भनी मध्यरातमा बर्बराइरहेकाहरुका लागि यो कार्यक्रम गतिलो जवाफ भएको भन्दै कास्की संगठनबाट देशैभरका शिक्षकहरुले सिर्जनात्मकता हुन सिक्नु पर्ने बताए ।

कार्यक्रमका अध्यक्ष रोमहर्षण पौडेलले देशभरकाबाट सहभागी सबै विद्यार्थी हाम्रा लागि विजयी भएको बताउँदै प्रतियोगिता हारजितको संग्राम भएकाले यसलाई सामान्य ढङ्गबाट लिन आग्रह गरे । विभिन्न चरण गरी १४ दिनसम्म चलेको वक्तृत्वकला प्रतियोगिताका निर्णायक मण्डलमा त्रिभुवन विश्वविद्यालयका प्रा.डा. यदुनन्दन उपाध्याय, त्रिभुवन विश्वविद्यालयका सहप्रा.डा. पुण्यप्रसाद शर्मा र पृथ्वीनारायण क्याक्पसमा प्राध्यापनरत डोलराज अर्याल र नेपाली भाषा शिक्षक परिषद कास्कीका अध्यक्ष डिल्लीराम अर्याल रहेका थिए ।

Related News

सम्बन्धित समाचार

  • मनिपालमा अत्याधुनिक एमआरआई मेसिन

    आदर्श समाज सम्वाददाता वैशाख १३, २०८१
    पोखरा । मनिपाल मेडिकल कलेज शिक्षण अस्पतालले गण्डकी प्रदेशमै पहिलो अत्याधुनिक एमआरआई मेसिन ल्याएको छ । १.५ को टेस्ला जिई…
  • कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । कास्कीमा माध्यमिक शिक्षा एसइईका उत्तरपुस्तिका परीक्षण रोकिएको छ । १० वर्षदेखि उत्तरपुस्तिका परीक्षण पारिश्रमिकमा वृद्धि नभएको भन्दै शिक्षकहरुले…
  • स्याङ्जा जिल्लाकै पहिलो विद्यालयको ७१ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    स्याङ्जा। जिल्लाकै पहिलो विद्यालय मातृभूमि माविको ७१ औं वार्षिकोत्सव मंगलबार मनाइएको छ । विद्यालय परिसरमा निर्मित संस्थापक अध्यक्ष र प्रधानाध्यापकको…
  • माछापुच्छ्रे माविलाई बस सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । भारतीय दूतावासले माछापुच्छ्रे माध्यमिक विद्यालयलाई स्कुल बस हस्तान्तरण गरेको छ । नेपाल–भारत विकास साझेदारी कार्यक्रम अन्तर्गत दूतावासले माछापुच्छ्रे–२…
  • राष्ट्रिय माविमा पूर्व विद्यार्थीको सम्मान

    आदर्श समाज सम्वाददाता वैशाख ९, २०८१
    पोखरा । यस वर्ष हीरक महोत्सव मनाइरहेको राष्ट्रिय माध्यमिक विद्यालय, पोखरामा शनिबार पुनर्मिलन कार्यक्रम भएको छ । सो अवसरमा पोखरा…

hero news full width