नापोलीले जित्यो कोपा इटालियाको उपाधि

Avatar आदर्श समाज सम्वाददाता
असार ४, २०७७

Napoli’s Italian forward Lorenzo Insigne (C holding trophy), Napoli’s Italian head coach Gennaro Gattuso (L) and players celebrate after winning the TIM Italian Cup (Coppa Italia) final football match Napoli vs Juventus on June 17, 2020 at the Olympic stadium in Rome, played behind closed doors as the country gradually eases the lockdown aimed at curbing the spread of the COVID-19 infection, caused by the novel coronavirus. (Photo by Filippo MONTEFORTE / AFP) (Photo by FILIPPO MONTEFORTE/AFP via Getty Images)

पोखरा । कोपा इटालियाको उपाधि नापोलीले जितेको छ ।

स्टेडियो ओलम्पिको रोमामा बुधबार भएको फाइनलमा नापोलीले युभेन्टसलाई टाइब्रेकरमा ४–२ ले हराउँदै उपाधि जितेको हो ।

निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको छिनोफानो टाइब्रेकरबाट लिइएको थियो । टाइब्रेकरमा युभेन्टसका लागि पहिलो प्रहार नै विफल भएको थियो । नापोलीका गोलरक्षक एलेक्स मेरेटले पाउलो डिबालाको प्रहार बचाएका थिए ।

युभेन्टसको लागि ड्यानीलोले गरेको दोस्रो प्रहार भने पोस्टभन्दा माथि आकासिएको थियो । तेस्रो प्रहारका रुपमा लिओनार्डो बोनुची र चौथो प्रहारमा आरोन राम्सीले भने गोल गरेका थिए ।

नापोलीका लागि कप्तान लोरेन्जो इन्सिग्ने, म्याटियो पोलीटानो, म्याक्सीमोभिच र अर्कादिउस्ज मिलिकले गोल गरेका थिए ।

हारसँगै युभेन्टसले १४ औं पटक कोपा इटालियाको उपाधि जित्ने सपना चकानाचुर भएको छ । नापोलीले भने ६ वर्षपछि उपाधि जीत्न सफल बन्यो ।