पहिरोमा परी भएको मानवीय क्षतिप्रति दुःख प्रकट

आदर्श समाज सम्वाददाता
जेठ ३२, २०७७
1556073638

पोखरा, ३२ जेठ । पर्वत जिल्ला कुश्मा नगरपालिका–३ दुर्लुङमा वर्षासँगै शनिबार राति आएको पहिरोले पुरिँदा आठ जनाको निधन तथा एकजना बेपत्ता सहित भएको भौतिक क्षतिप्रति राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सेनाले दुःख प्रकट गरेका छन् ।

साथै उनले यस दुखद घटनामा परी ज्यान गुमाउनुहुनेप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकाकुल परिवारमा गहिरो समवेदना व्यक्त गरेका छन् । शनिबार राति गएको पहिरोमा परि बेपत्ता भएकाको तुरुन्त उद्दारका लागि पर्वत जिल्ला प्रशासन, नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरीको सक्रियता रहेको भन्दै संकटको यस घडीमा पहिरोमा परिवार गुमाउनुहुने तथा प्रभावित परिवारको तुरुन्त उद्दार, राहत, पुनर्स्थापन तथा पहिरोका कारण जोखिममा परेको वरपरको बस्ती संरक्षणमा तदारुकताका साथ काम गर्न सरकार तथा सम्बद्ध अधिकारीहरुलाई आग्रह समेत गरेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width