रुकुम घटनाको बिरोध

आदर्श समाज सम्वाददाता
जेठ २५, २०७७

पोखरा, २५ जेठ । रुकुमको चौरजहारीमा ६ जना दलित किशोरको ज्यान लिने व्यक्तिहरुलाई कानूनी कारवाही गर्न माग गरिएको छ ।

नेपाल राष्ट्रिय दलित जनविकास संस्था कास्कीका अध्यक्ष लालबहादुर नेपालीद्वारा हस्ताक्षरित विज्ञप्तिमा त्यस्तो माग गरिएको हो । दोषीलाई कडाभन्दा कडा कारवाही र पीडित पक्षलाई न्यायसहित क्षेतिपूर्तिको व्यवस्था गर्न समेत सरकारसँग माग गरिएको छ । जातीय भेदभाव गरी ढुंगामुढा गरी ज्यानै लिनेसम्मका घटना घटाउनु बिडम्बना हो, विज्ञप्तिमा भनिएको छ नवराज विक सहितका ६ ज्यान लिनु निन्दनीय हो ।

Related News

सम्बन्धित समाचार

hero news full width