पूर्वी नवलपरासीमा शुक्रबार थप २ जनामा कोरोना संक्रमण देखिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईँका अनुसार संक्रमित हुनेमा देवचुली ११ का १९ वर्षीय र देवचुली १५ का २१ वर्षीय पुरुष छन् ।
योसँगै पूर्वी नवलपरासीमा संक्रमितको संख्या ६ पुगेको छ । देवचुली नगरपालिकामा मात्रै ५ जना संक्रमित छन् ।
देवचुली ११ मा संक्रमित भेटिएका युवकको स्वाब बुधबार मध्यबिन्दु अस्पतालमा संकलन गरिएको थियो । ती युवकसँगै संकलित ३२ जनामध्ये उनमा मात्र पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय, नवलपुरले जनाएको छ । ल्याब परीक्षण भने भरतपुर कोरोना परीक्षण प्रयोगशालामा गरिएको हो । भारत महाराष्ट्रबाट जेठ १२ मा उनी देवचुली आइपगेका थिए ।
यसअघि शुक्रबार देवचुलीमै १९ वर्षीय पुरुषमा कोरोना संक्रमण देखा परेको थियो ।
त्यस्तै, अर्का संक्रमित २१ वर्षीय युवक भारत उत्तरप्रदेशबाट जेठ ९ मा आएका थिए । उनीसहित बिहीबार देवचुली नगरपालिकामा संकलित २५ स्वाबमध्ये उनमा पोजेटिभ देखिएको हो ।
संक्रमित दुवै जनालाई मध्यविन्दु जिल्ला अस्पतालमा राखिएको छ ।
यसअघि शुक्रबार देवचुलीमै १९ वर्षीय पुरुषमा कोरोना संक्रमण देखा परेको थियो । उनलाई भरतपुरस्थित कोरोना विशेष (अस्थायी) अस्पतालमा राखिएको छ ।
देवचुलीभित्र क्वारेन्टाइनमा रहेका सबैको स्वाब संकलन कार्य सकिएकोले छ । तथापि संक्रमितको सम्पर्कमा आएका कोही भेटिए स्वाब संकलन गरिने चापागाईँले बताए ।
बिहीबार नै हुप्सेकोटका १५ जनाको स्वाब संकलन गरिएको थियो ।
Related News
सम्बन्धित समाचार
टेम्पल ट्रि रिसोर्टले बुझायो २ करोड कर
कोरोनाको नयाँ भेरियन्ट : संक्रामक तर घातक कम
कोभिडबाट एकको मृत्यु, १०६ संक्रमित थपिए
कोरोना भाइरसबाट आज एक जनाको निधन
गण्डकीका ३ सहित मुलुकभरका १३ जिल्लामा कोरोनाको शून्य संक्रमण
hero news full width
मुख्य समाचार
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह
करार र काजले भरिएको पोखरा महानगर
माघ ३, २०८१काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
माघ २, २०८१पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
माघ २, २०८१२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
माघ १, २०८१पाेखरामा १०५ वर्षे रामबहादुर सम्मानित
माघ १, २०८१