पोखरा । जुन महिनाको २० तारेखदेखि इटालीको फुटबल लिग सिरी ए सुचारु हुने भएको छ ।
इटालीको फुटबल महासंघले कोरोना महामारीका कारण स्थगित सिरी ए सुचारु गर्ने तयारी थालेको छ । इटलीका खेलकुद मन्त्री भिनसेन्जो स्पाडाफोराले २० जुनदेखि लिगका खेलहरु शुरु हुने बताएपछि महासंघले प्रतियोगिताको तयारी थालेको हो ।
कोरोना भाइरस महामारीका कारण ९ मार्च देखि सिरी ए का खेलहरु स्थगित छन् । लिगमा अझै १२ चरणका खेलहरु बाँकी छन् । सिरी ए अन्तरगतका क्लबहरुको खेलाडीहरुले यसै महिनाको सुरुवातमा खेलाडी व्यक्तिगत प्रशिक्षण शुरु गरिसकेका छन् । यसै हप्तादेखि सामूहिक प्रशिक्षण शुरु हुनेछन् ।
महासंघले मे महिनाको २० मा २० अगष्टसम्म सिरी ए सक्ने गरी नयाँ समयसीमा निर्धारण गरेको थियो । महासंघले शीर्ष ३ वटा डिभिजनको लिग सक्ने लक्ष्यसहित सुरु गर्ने र पुनः सुचारु गर्ने वा बन्द गर्ने अवस्थामा प्लेअफको समेत विकल्प तयार गरिएको बताएको छ ।
सिरी ए को पुछारको क्लब ब्रेस्कियाका मालिक मासिमो सेलिनोले स्थगित सिजन पुन सुचारु गर्ने कदमलाई पागल निर्णय भनेर प्रतिक्रिया दिएका छन् ।
उनले भनेका छन्, ‘यो खेलाडीका लागि अति नै हो । हामीले दुई महिनाबाट अभ्यास रोकेका छौँ । हप्तामा तीन खेल खेल्ने निर्णय खतरनाक छ । जर्मनीको तुलनामा इटलीमा तापक्रम समेत प्रतिकुल छ ।
सिरी ए मा युभेन्ट्स ६३ अंकसहित शीर्ष स्थानमा छ । उसले लिगमा लाजियोसंग एक अंकको अग्रता लिएको छ । इन्टरमिलान ५४ अंक सहित तेस्रो स्थानमा छ ।
युरोपको शीर्ष ५ लिगमध्ये प्रिमियर लिग १७ जुनदेखि सुचारु गर्ने तयारीमा छ । त्यसका लागि क्लबहरु सहमत भएपनि सरकारले अनुमति दिन बाँकी छ । स्पेनिस ला लिगा जुन दोस्रो सातादेखि सुचारु गर्ने तयारी भइरहेको छ ।
जर्मन बुण्डेसलिगा भने दर्शक विनाको बन्द रंगशालाहरुमा सुचारु भइसकेको छ । फ्रेन्च लिग वान रद्द भइसकेको छ ।
Related News
सम्बन्धित समाचार
आहा ! फुटबलमा दर्शक
सिजनको २ ‘एल क्लासिको’ रियलले जित्यो
आहारारा गोल्ड कप संकटालाई
अफ्रिकन रुट्स फाइनलमा, शनिबार संकटा क्लब र अफ्रिकन रुट्स उपाधिका लागि भिड्ने
सहारा अक्षयकोषमा सहयोग
hero news full width
मुख्य समाचार
कोरोनाको बढ्दो ग्राफ, कास्कीका विद्यालय कहिले बन्द कहिले बन्द ?
गण्डकी सरकार : ढलाउन भन्दा बनाउन सकस
चैत्र २९, २०७७मनोज विकलाई पेन गनबाट गोली हान्ने राजकिशोर पक्राउ
चैत्र २९, २०७७पर्वतका आगलागी पीडितलाई मन्त्रीले बाँढे राहत
चैत्र २९, २०७७गुरुङ सरकार ढाल्न ३ दलको जोडतोड : जनमोर्चाको ग्रीन सिग्नल कुर्दै
चैत्र २९, २०७७संक्रमण बढी भएका स्थानमा ३ साता शैक्षिक संस्था बन्द गर्न सिफारिस
चैत्र २८, २०७७