भारतमा २४ घन्टायता अहिलेसम्मकै सबैभन्दा बढी संक्रमित

रासस
जेठ ९, २०७७
Virus Outbreak India

फाेटाेः एपी

नयाँदिल्ली, ९ जेठ । भारतमा कोरोना भाइरसबाट गएको २४ घन्टायता अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भेटिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

भारतीय सञ्चारकाअनुसार पछिल्लो २४ घण्टामा ६ हजार ८८ जना संक्रमित भेटिएका हुन् । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएअनुसार यो सहित भारतमा कोरोना संक्रमितको कूल संख्या एक लाख १८ हजार ४ सय ४७ पुगेको छ ।

त्यसैगरी भारतमा विगत २४ घण्टामा १४८ जनाको मृत्यु भएको छ । यहाँ कोरोना भाइरसबाट अहिलेसम्म ३ हजार ५ सय ८३ जनाको मृत्यु भएको पनि अधिकारीहरूले जनाएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width